सुर्खेत । कोभिड १९ कोरोना भाईरसका सङ्क्रमित बढ्दै गएपछि प्रदेश सरकारले १० वटै जिल्लामा सघन उपचार कक्षका साथै भेन्टिलेटर थप गरेको छ ।

यसअघि प्रदेशका जुम्ला, सुर्खेत र दैलेखमा मात्रै रहेका सघन उपचार कक्ष र भेन्टिलेटर बाँकी जिल्लामा पनि विस्तार गरिएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पतालमा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १०, दैलेख, हुम्ला र कालीकोटमा पाँचपाँच, रुकुम (पश्चिम) को चौरजहारीमा चार तथा मुगु, हुम्ला, सल्यान र रुकुम (पश्चिम) जिल्ला अस्पतालमा दुई/दुई सघन उपचार कक्ष विस्तार गरिएको छ । यसअघि प्रदेशभर ४० आइसियू थिए ।

त्यस्तै प्रदेश अस्पतालमा १०, कर्णाली विज्ञान स्वास्थ्य प्रतिष्ठानमा ६, दैलेख, कालीकोट र हुम्लामा दुईदुई तथा मुगु, रुकुम (पश्चिम), सल्यान र जाजरकोट अस्पतालमा एकएक भेन्टिलेटर जडान गरिएको छ ।

महाशाखाका प्रमुख वृषबहादुर शाहीले प्रदेशमा कोभिड १९ का सङ्क्रमित बढ्दै जान थालेपछि मन्त्रालयले अस्पतालमा भेन्टिलेटर र आइसियु स्थापना गरेको बताए । प्रमुख शाहीले यही महिनाभित्र भेन्टिलेटर सञ्चालन गर्न सक्ने जनशक्तिलाई तालीम दिएर जिल्लामा खटाइने बताए ।

मंगलबार, भाद्र १६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४