सुर्खेतमा बिचौलियाको आरोपमा १६ जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको आरोपमा १६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार यातायात व्यवस्था कार्यालयबाट ६ जना पुरुष र मालपोत कार्यालयबाट १० जना महिला गरी १६ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरूले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण, जग्गा नामसारी तथा भु–सेवा […]

सुर्खेतमा प्रविधिमैत्री चेकिङ्गमा २७ सवारी कारवाहीमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ट्राफिक चेकजाँचमा २७ सवारी साधन कारवाहीमा परेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमख प्रहरी उपरिक्षक एसपी मुकुन्द्र प्रसाद रिजाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक राेहित कुमार शाहीकाे नेतृत्वमा खटिएकाे १५ जनाकाे प्रहरी टाेलीले रत्न राजमार्ग अन्तर्गतकाे वीरेन्द्रनगर ११ पिपिरा सडक खण्डमा ‘रडार गन’ (Radar […]

हाइस दुर्घटनामा घाइते रानाकाे निधन

दैलेख । दैलेखमा भएको ईभी हाइस दुर्घटनामा घाइते भएकी ३६ वर्षीया संगीता राना मगरको उपचारको क्रममा निधन भएको छ । उनको भेरी अस्पतालमा उपचार भइरहेका बेला मृत्यु भएको पुष्टि भएको हो । यसअघि गुराँस गाउँपालिका ४ रिठा नजिक भएको उक्त दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् । सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको ईभी हाइस ब्रेक फेल […]

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव चन्दद्वारा पदभार ग्रहण

सुर्खेत । कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रविन्द्र चन्दले पदभार ग्रहण गरेका छन् । परिषद्को कार्यालयस्थित सदस्य सचिवको कार्यकक्षमा मंगलबार उनले पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हालेका हुन् । त्यस्तै कर्णाली स्पोर्ट्स कार्निभल सञ्चालनका लागि कर्णाली खेलकुद विकास परिषद्समक्ष प्रस्ताव पेश गरिने निर्णय गरेका छन् । यसअघि सोमबार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सदस्य(सचिव […]

तिलागुफामा नि:शुल्क स्वास्थ्य शिविर, ४५० बढीले लिए सेवा

कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ८ मा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशुपति शिक्षा मन्दिर नेपालगञ्जका प्राचार्य रतनबहादुर शाहीको विशेष पहल र तिलागुका ८ का वडा अध्यक्ष तिलक न्यौपानेको सहयोगमा विभिन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै हिन्दू स्वयंसेवक संघ नेपाल, कर्णाली प्रदेशले स्वास्थ्य शिविर सम्पन्न गरेको हो । पछिल्लो समय […]

सूचना प्रविधि तथा स्टार्टअप प्रदर्शनीको पूर्वतयारी अभिमुखीकरण सम्पन्न

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको समन्वय र राष्ट्रिय युवा परिषद्को आयोजनामा कर्णाली प्रदेशस्तरीय सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीको पूर्वतयारीका लागि एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । सुर्खेत उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उक्त कार्यक्रममा स्थानीय उत्पादनलाई नवीन ढंगले बजारमा ल्याइरहेका उद्यमी तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो । […]

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी

दैलेख । दैलेखका सामुदायिक विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । विद्यालयमा नियमित उपस्थित नहुने बालबालिकालाई पनि विद्यालयमा आकर्षित गर्न थालेपछि दैलेखमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको हो । दिवा खाजा कार्यक्रम लागू हुनुभन्दा पहिले दैलेखका धेरै बालबालिका दिउँसो भोक लागेपछि पढाइ छाडेर नास्ताका लागि घर जाने गरेका […]

प्रधानमन्त्री कपका लागि कर्णाली टोलीलाई विदाइ

सुर्खेत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी चैत ७ गतेदेखि सुरु हुँदैछ । देशकै प्रतिष्ठित यस प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ भने खेलहरू काठमाडौं, जनकपुर र पर्सामा सञ्चालन हुनेछन् । यही प्रतियोगितामा सहभागिता जनाउने कर्णाली प्रदेशको टोलीलाई आज औपचारिक रूपमा विदाइ गरिएको छ । कर्णाली प्रदेश क्रिकेट संघद्वारा आयोजित […]

ट्राफिक नियम कार्यान्वयन तथा जनचेतनामूलक कार्यक्रम

सुर्खेत । फागुन महिनामा ट्राफिक प्रहरीले सडक सुरक्षा ट्राफिक नियम कार्यान्वयन तथा जनचेतनामूलक कार्यक्रमलाई सक्रिय रूपमा सञ्चालन गरेको छ । एक महिनाको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् भने ती दुर्घटनामा ७६ वटा सवारी साधन संलग्न रहेका जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीले बताएका छन् । दुर्घटनामा परि ३ पुरुष […]

सुर्खेतमा आमा र दुई सन्तान भेरी नदीमा बेपत्ता

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका १२ की ३१ वर्षीया माया कठायत आफ्नी ११ वर्षीया छोरी र ६ वर्षका छोरासहित भेरी नदीमा बगेर बेपत्ता भएको आशंकामा खोजी भइरहेको छ । प्रहरी प्रमुख धिरजराज शाहीका अनुसार आइतबार दिउँसोदेखि खोजी कार्य जारी रहे पनि तीनै जनालाई हालसम्म फेला पार्न सकिएको छैन । खैरेनी टापु नजिक नदी किनारमा मायाको […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१