रुकुम । रुकुम पश्चिममा एक युवाले हँसिया प्रहार गरेर आफ्नै बुवाको हत्या गरेका छन् ।
बुधबार दिउँसो सानीभेरी गाउँपालिका ८ फुक्रु हुसीखोलामा २६ वर्षीय पारस घर्तीले आफ्ना ७४ वर्षीय बुवा ठगेन्द्र घर्तीमाथि धारिलो हतियार हँसियाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पारसले बुवाको टाउकोको पछाडि भागमा प्रहार गरेर ठगेन्द्रको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झबिन्द्र परियारले कर्णाली टुडेलाई जानकारी दिए ।
उनका अनुसार घटनापछि पारसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको टाउकोमा समेत चोट लागेको छ । प्रहरीका अनुसार पारसमा मानसिक समस्या रहेको बताइएको छ । घटनाको कारणबारे उनले हाल केही नबोलेको र अनुसन्धान भइरहेको निरीक्षक परियारले जानकारी दिए ।
बिहिबार, साउन १४, २०८३मा प्रकाशित गरिएको



