
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा तीन महनिामा १ सय ४७ अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । जेड ८ गते देखि भदौं ८ गतेसम्मको तथ्यांक अनुसार ७४ वटा फछ्र्योट भएका छन् भने ७३ वटा मुद्दा बाँकी छन् । घटनामा संलग्न १०८ जना पक्राउ परेका छन् भने ५३ जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले […]
भेरी नगरपालिका-१० नुवागाउँमा साउन २५ गते राति ९ बजेतिर कुटपिटबाट घाइते दिपककुमार थापाको नेपालगन्जस्थित केयर सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोटमा कुटपिटबाट गम्भीर घाइते भएका दैलेखका औषधि व्यवसायी ३२ वर्षीय दिपककुमार थापाको उपचारका क्रममा मृत्यु भएको छ । भेरी नगरपालिका-१० नुवागाउँमा साउन २५ गते राति ९ बजेतिर कुटपिटबाट घाइते भएका थापाको नेपालगन्जस्थित […]
दुग्ध चिस्यान केन्द्र निर्माणमा सरकारी अनुदान हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका बहालवाला नगर प्रमुख सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चिस्यान केन्द्र निर्माण गर्दा प्रदेश र नगरपालिकाबाट दुई लटमा लिएको कुल एक करोड ७१ लाख ४० हजार ९२४ को अनुदान रकम हिनामिना गरेको भन्दै बिहीवार अख्तियारले […]
सुर्खेत । एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आवास गृहमा बेहाेस अवस्थामा भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल बी.सी.लाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । जाजरकोटको भेरी नगरपालिका १ स्थायी घर भई विगत दुई वर्षदेखि प्रयोगशालामा नायब […]
सुर्खेत । नेपाल पत्रकार महासंघले नेपाल कर्म अनलाइनका सम्पादक तथा पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष सुशीलकुमार खड्काको चरित्रमा आघात पुग्ने गरी सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत अनर्गल सामग्री सम्प्रेषण गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार साउन १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान अघि बढाएको […]
काठमाडौं / सुर्खेत, साउन १५ — नेपाली मौलिकता, चेली–माइतीबीचको आत्मीय सम्बन्ध र तीज पर्वको सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर निर्माण गरिएको नयाँ तीज गीत “माइतीको दैलो बरिलै” आज औपचारिक रूपमा सार्वजनिक गरिएको छ। गीतले पछिल्ला वर्षहरूमा बढ्दो आधुनिक प्रस्तुतिबीच परम्परागत तीजको मौलिक भाका, नेपाली लोकलय र सांस्कृतिक पहिचानलाई पुनः स्थापित गर्ने प्रयास गरेको कुरा यो गीतका […]
रुकुम । रुकुम पश्चिममा एक युवाले हँसिया प्रहार गरेर आफ्नै बुवाको हत्या गरेका छन् । बुधबार दिउँसो सानीभेरी गाउँपालिका ८ फुक्रु हुसीखोलामा २६ वर्षीय पारस घर्तीले आफ्ना ७४ वर्षीय बुवा ठगेन्द्र घर्तीमाथि धारिलो हतियार हँसियाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पारसले बुवाको टाउकोको पछाडि भागमा प्रहार गरेर ठगेन्द्रको घटनास्थलमै मृत्यु भएको जिल्ला […]
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ खाडामा एकै परिवारका ९ वर्षीय आयुश रावल र उनकी २७ वर्षीया आमा कमला रावलको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा दुवै जना अचानक बिरामी परेपछि उपचारका लागि लगिएको थियो। उपचारका क्रममा बालकको बाटोमै मृत्यु भयो भने गम्भीर अवस्थाकी आमाको कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भेन्टिलेटरमा उपचार भइरहेका बेला साउन ६ गते बिहान मृत्यु […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा भोलि (शुक्रवार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन १ गते कर्णाली प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको हो । कर्णाली प्रदेश सरकारले प्रत्येक वर्ष साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक […]
दैलेख । दैलेख जिल्लाको दुल्लु नगरपालिका १० स्थित गमौडी स्वास्थ्य चौकीमा निर्माण सम्पन्न भएको प्रसूति गृह (बर्थिङ सेन्टर) को औपचारिक उद्घाटन गरिएको छ । संघीय सरकारको बजेटबाट करिब रु. ३८ लाख ५६ हजार लागतमा निर्माण गरिएको प्रसूति गृहको पूर्व सांसद दिकपाल कुमार शाहीले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै पूर्व सांसद शाहीले […]