
सुर्खेत । पाँच जना स्वास्थ्यकर्मी र तीन पत्रकारसहित कर्णालीमा २८ जनामा कोरोना पुष्टी भएको छ । आज संक्रमितहुने २८ जनामध्य बैंकका कर्मचारी पाँच, उपचारमा रहेका विरामी तीन, वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी दुई, प्रध्यापक, शिक्षक र व्यापारी एक एक जना छन् । कोरोना पुष्टि भएका पत्रकार सूर्यप्रकाश कंडेल, टिका विष्ट र गणेश वलीले आफूहरुमा कोरोना […]
दैलेख । स्वास्थ्य सेवा कार्यालय अन्तरगर्तको दैलेख अस्पतालले आइसीयू सेवा सञ्चालनमा ल्याएको छ । आवश्यक उपकरणहरु जडान भएपछि सेवा सञ्चालन गरिएको हो । पाँच बेडको आईसीयू सेवा सञ्चालन भएसँगै जटिल प्रकारका बिरामीहरुको उपचारमा सहज भएको छ । अस्पतालका प्रमुख डा। निरञ्जन पन्तका अनुसार दुई वटा भेन्टिलेटरसहितको आईसीयू सेवा सञ्चालनमा ल्याईएको हो । सेवा सञ्चालन भएपछि […]
सुर्खेत । राष्ट्रिय बाणिज्य शाखा सुर्खेतका कर्मचारीमा कोरोना भाइरस पुष्टी भएको छ । शाखाको क्यास फाँटमा काम गर्ने एक जना कर्मचारीमा कोरोना पुष्टी भएको हो । कर्मचारीमा कोरोना देखिएपछि एकसताका लागि बैंक सील गरिएको शाखा प्रमुख लिलाराम ढुंगानाले जानकारी दिए । ‘पुष्टी हुनुभएको कर्मचारीको १८ गते स्वाब लगिएको थियो आज मात्रै रिपोर्ट पोजेटिभ आयो’ ढुंगानाले […]
सुर्खेत । पछिल्लो २४ घण्टाभित्र कर्णालीमा ९५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार ३७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण अनुसार ५८ जना नयाँ व्यक्तिमा कोरोना पृष्टी भएको हो । जसमा सुर्खेतका १७, जुम्लाका ३९, दैलेख ५, जाजरकोट २, कालिकोट […]
काठमाण्डौं । कोरोनाभाइरस कोभिड १९ सम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेश्रो चरणको परीक्षण तत्कालै नहुने भएको छ । परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने भएपछि खोपको परिक्षण नहुने भएको हो । चीनमा विकास भइरहेको एउटा खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसी खोपको पनि तेश्रो […]
सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणबाट सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा भएको परिक्षणबाट जुम्लाका २ र दैलेख अस्पतालमा गरिएको परिक्षणबाट १ जना गरी थप १४ जनामा कोरोना पुष्टि भएको हो । सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका […]
सुर्खेत । कोभिड १९ कोरोना भाईरसका सङ्क्रमित बढ्दै गएपछि प्रदेश सरकारले १० वटै जिल्लामा सघन उपचार कक्षका साथै भेन्टिलेटर थप गरेको छ । यसअघि प्रदेशका जुम्ला, सुर्खेत र दैलेखमा मात्रै रहेका सघन उपचार कक्ष र भेन्टिलेटर बाँकी जिल्लामा पनि विस्तार गरिएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पतालमा २५, कर्णाली स्वास्थ्य […]
सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै ३७ जना कोरोना संक्रमित थप भएका छन् । प्रदेश अस्पताल पशुपक्षीं रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा गरिएको परिक्षणबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाका ४० जना संक्रमित र सुर्खेतमा मात्र ३७ जना कोरोना संक्रमित थप भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ । वीरेन्द्रनगर भ्यालीमा मात्र २८ जना संक्रमित […]
काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका १ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्य सहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ […]
काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट शनिवार १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक एक जनाको मृत्यु […]