ज्वाला अपडेट

५ वर्ष अगाडि

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेत र रुकुमपश्चिमको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना कोरोना संक्रमितका नयाँ विरामी थपिएका हुन् । संक्रमित हुनेमा रुकुमपश्चिमका २३, सुर्खेत ६, सल्यानका पाँच र मुगुका एक जना छन् ।

नयाँ संक्रमितसहित कर्णालीमा कोरोना संक्रमितको कुल संख्या तीनहजार ६३ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । नयाँ संक्रमितहरु होम, अस्पताल तथा पालिकाले बनाएका आइसोलेसनमा जानेक्रममा रहेको कंडेलको भनाई छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ जना छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनको संख्या दुई हजार ६ सय ४९ जना छन् । कर्णालीमा कोभिड–१९ का संक्रिय विरामीके संख्या चार सय आठ जना छन् ।

कर्णालीमा हालसम्म ६९ हजार ९७१ जनामा आरटी पीसीआर परीक्षण गरिएको छ । योमध्य तीन हजार ६३ जनाको पोजेटिभ र ६६ हजार एकसय ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा एकहजार आठसय ८६ बेड आइसोलेसन, तीनसय ५७ क्वारेन्टाइनमा २२ हजार आठसय ५५ वटा बेड संख्या रहेको छ । क्वारेन्टाइनमा रहनेको संख्या भने सात सय ४१ जना छन् ।

शुक्रबार, आश्विन ०२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४