सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणबाट सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा भएको परिक्षणबाट जुम्लाका २ र दैलेख अस्पतालमा गरिएको परिक्षणबाट १ जना गरी थप १४ जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका १० जना र चौकुने गाउँपालिका ७ का १ जना गरी सुर्खेतमा ११ जना संक्रमित थप भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यो सङ्गै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको जम्मा संख्या २ हजार ४ सय ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या ३३ रहेको र निको भइ डिस्चार्ज हुनेको संख्या २ हजार १ सय १९ पुगेको छ भने ३ सय ३१ जना सक्रिय बिरामी रहेका छन् ।

कर्णाली प्रदेश मा हाल सम्म ५९ हजार ६ सय ६१ जनाको पिसिआर परिक्षण गरिएको छ ।

मंगलबार, भाद्र १६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957