सुर्खेत । पाँच जना स्वास्थ्यकर्मी र तीन पत्रकारसहित कर्णालीमा २८ जनामा कोरोना पुष्टी भएको छ । आज संक्रमितहुने २८ जनामध्य बैंकका कर्मचारी पाँच, उपचारमा रहेका विरामी तीन, वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी दुई, प्रध्यापक, शिक्षक र व्यापारी एक एक जना छन् ।

कोरोना पुष्टि भएका पत्रकार सूर्यप्रकाश कंडेल, टिका विष्ट र गणेश वलीले आफूहरुमा कोरोना पुष्टि भएको र कुनै लक्षण नभएको र स्वास्थ्य अवस्था सामान्य भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनीहरुले आफ्नो क्लोज कन्ट्याक्टमा रहेकाहरुलाई पीसीआर परीक्षण गर्न अपिल समेत गरेका छन् ।

प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा २७ र चौरजहारीमा प्रयोगशालामा गरिएको परिक्षणमा एकगरी २८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले जानकारी दिइन् । उनकाअनुसार आज संक्रमित पुष्टि भएकाहरुमध्य वीरेन्द्रनगरका २२, दैलेख, बझाङ, सर्लाही, बाँके, दाङ र सल्यानका एकरएक जना छन् ।

३९ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा ३९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या दुईहजार ५७० जना रहेको जनस्वास्थ्य अधिकृत भट्टराईले जानकारी दिइन् । नयाँ संक्रमण पुष्टि भएकासहित कर्णालीका विभिन्न स्थानमा आइसोलेसनमा रहेका संक्रिय विरामीको संख्या २८७ जना छन् ।

मंगलबार, भाद्र ३०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४