काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका १ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्य सहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको इन्सपेक्टर यक्षराज जोशीले जानकारी दिए ।

यसैगरी अर्को एक परिवारका तीन सदस्यको पनि सोही पहिरोमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा तिलागुफा १ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ ।

यसैगरी तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि सोही पहिरोमा ज्यान गएको इन्सपेक्टर जोशीले जानकारी दिए ।

घटनास्थलमा पोष्टमार्टम

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार मृतकको पोष्टमार्टम घटनास्थलमा गरिँदै छ । त्यसका लागि डाक्टरहरुको टोली खटाइसकेको उनले जानकारी दिए ।

घटनास्थल जिल्ला सदरमुकाम मान्मबाट तीन घण्टाको दुरीमा पर्दछ । हाल ठाउँ–ठाउँमा पहिरो गएकाले चार घण्टासम्म लाग्न सक्ने प्रजिअ गैरेको भनाइ छ । त्यसैले शवहरु सदरमुकाम नल्याउन र घटनास्थलमै पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउन आफूले निर्देशन दिएको प्रजिअ गैरेले जानकारी दिए ।

सोमबार, भाद्र १५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४