प्रेस सेन्टर नेपाल सुर्खेतमा नयाँ कार्यसमिति चयन

सुर्खेत । प्रेस सेन्टर नेपाल जिल्ला सम्वन्य समिति, सुर्खेतको छौठौं जिल्ला अधिवेशनले सुर्खेतमा पुनः टेकेन्द्र विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न उक्त अधिवेशनले उपाध्यक्षद्वय पंख बहादर शाही, कमला खड्का भारती, सचिव खिम बहादुर बुढा, सहसचिव अभिषेक सिंह र डिलु वि.क. कोषाध्यक्ष मालती वि.क. लाइ चयन गरेको हो […]

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणको विवाद सुल्झिँदै

सुर्खेत । कोहलपुर – सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन । ७० करोड रुपैयाँ लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ […]

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार

काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् । दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ । […]

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो । उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौं २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० […]

एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक आदेश दिएको हो । आदेशको विवरण सार्वजनिक भइसकेको छैन । सर्लाही–४ का स्वतन्त्र सांसद अमेरेश […]

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका […]

पत्रकार महासंघ सुर्खेतले अक्षयकोषको अध्ययन तथा व्यवस्थापन गर्ने

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले अक्षयकोषको बिस्तृत अध्ययन गर्ने भएको छ । अध्यक्ष सुशीलराज शर्माको अध्यक्षतामा बसेको दोस्रो पुर्ण बैठकले विभिन्न ६ वटा प्रस्ताव माथि छलफल गर्दै यस्तो निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ सुर्खेतमा विभिन्न दाताहरुको सहयोगमा स्थापना गरिएका अक्षय कोषहरुको अध्ययन गरी आगामी दिनमा व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नेपाल पत्रकार […]

कथावाचनको तेस्रो श्रृङ्खला सम्पन्न

सुर्खेत । वाङ्मय चौतारी नेपालको आयोजनामा हुँदै आएको प्रत्यक्ष कथावाचनको तेस्रो श्रृङ्खला नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय गाग्रेतालमा सम्पन्न भएको छ । वाङ्मय चौतारीका अध्यक्ष समेत रहेका साहित्यकार गणेशभक्त गौतम, कथाकार उमालाल आचार्य, मीनराज पन्त, गणेश बस्नेत र नारायण विक्रम जिसी तथा मणीकुमार पोखरेलले कथावाचन गरेका थिए । विद्यालयका कक्षा ९ देखि १२ सम्मका छानिएका […]

सुनको मूल्य २०२५ मा बजार प्रवृतिलाई के असर गर्छ ?

भविष्यवाणी गरिएको छ कि बहुमूल्य धातु २७०० डलर र ३००० डलर प्रति औंस बीच शिखरमा पुग्न सक्ने अनुमान छ । सन् २०२५ को नजिक पुग्दा सुनले निरन्तर आर्थिक अनिश्चितताका बीच सुरक्षित आश्रय खोज्ने लगानीकर्ताहरूको ध्यान आकर्षित गरिरहेको छ । आउँदो वर्षमा सुनको मूल्यलाई प्रभाव पार्ने कारकहरू बहुआयामिक छन्, र यिनीहरूलाई बुझ्दा लगानीकर्ताहरूलाई बजार परिवर्तनको परिदृश्यमा […]

नेल्टा कर्णालीको शिक्षक तालिम सम्पन्न

सुर्खेत । नेल्टा कर्णालीको शिक्षक तालिम सम्पन्न भएको छ । अमेरिकन कर्नर सुर्खेतको सहयोगमा आधारभूत तहका शिक्षकहरूको लागि दुईदिने तालिम सम्पन्न गरेको छ २०८१ मंसिर २९ र ३० गते सम्पन्न तालिममा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सहभागी २० जना अंग्रेजी शिक्षकहरूले शिक्षण विधि र प्रविधि सम्बन्धी ज्ञान हासिल गरेका छन् । कार्यक्रमका मुख्य अतिथि सुर्खेत वाणिज्य […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८