काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन् ।
बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा पर्दा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो । गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि मृतक संख्या ५ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए ।
यसअघि कामना शर्मा, इन्दिरा लिम्बु, शान्ति गुप्ता र देवेन्द्र लिम्बुको मृत्यु भएको थियो । नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा उनीहरु सवार बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार जारी छ ।
बिहिबार, पौष २४, २०८२मा प्रकाशित गरिएको



