सुर्खेत । वीरेन्द्रनरमा प्रदलयात्रीलाई ठक्कर दिई फरार रहेका सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार बिहान करिव ५ बजेतिर वीरेन्द्रनगर १ टेम्पोपार्क सुर्खेतमा सडक छेउमा रहेका दैलेख डुगेश्वर गाउपालीका ५ का ४३ बर्षिया जंग बहादुर बुढालाई ठक्कर दिई फरार रहेका वीरेन्द्रनगर २ सुर्खेत निवासी ३२ वर्षका मिलन भनेर चिनिने डिल्लिराज कडेंललाई १४ गते बिहान ११ बजेतिर बाँके जिल्ला नेपालगञ्ज उप महानगरपालीका १८ पुष्पलाल चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ठक्कर पश्चात फरार रहेको सिम्ता गाउँपालीका ६ का लोक बहादुर बि.सिको सवारी साधन हाइस १३ गते दिउसो १२ बजे तिर गुर्भाकोट नगरपालीका ८ बाटेचौरबाट पक्राउ गरिएको थियो । सडक दुर्घटना भएको जानकारी प्रहरीलाई नदिई सवारी साधन र चालक फरार गराएको भन्दै सवारी धनी बि.सिलाई पक्राउ गरिएको नि. प्रहरी प्रवक्ता तथा सुचना अधिकारी श्याम प्रकाश यादवले जानकारी दिए ।
शनिवार बिहान बांगेसिमलबाट यरीचोक बसपार्क तर्फ जाँदै गरेको लु २ ख ५७८३ नम्बरको फार्स हाईसको ठक्करबाट जंग बहादुर बुढाको उपचारको क्रममा मृत्यू भएको थियो ।
मंगलबार, पौष १५, २०८२मा प्रकाशित गरिएको



