काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफ्नै प्रस्तावबाहेक अन्य दस्तावेजमा छलफल नहुने संकेत दिइरहेका बेला अध्यक्ष पदका उम्मेदवार तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग्गै राजनीतिक प्रस्ताव तयार पारेका छन् ।

पोखरेलले तयार पारेको उक्त प्रस्ताव महाधिवेशनमा छलफलका लागि प्रस्तुत गर्ने तयारी गरेका छन् । त्यसअघि उनले अध्यक्ष ओलीसँग प्रत्यक्ष भेटेर प्रस्तावबारे छलफल गर्ने योजना बनाएका हुन् । पोखरेल निकट नेताहरूका अनुसार राजनीतिक प्रस्तावका रूपमा पूर्ण रूपले तयार भइसकेको दस्तावेज अध्यक्षलाई देखाएर महाधिवेशनमा लैजाने विषयमा आन्तरिक संवाद भइरहेको छ ।

पोखरेलको प्रस्तावमा जेनजी आन्दोलनअघि र पछिको राष्ट्रिय राजनीतिक अवस्था, त्यसले पार्टीमा पारेको प्रभाव, संगठन पुनर्गठन र पार्टीभित्र लोकतान्त्रीकरणको आवश्यकता समेटिएको छ । साथै वर्तमान राजनीतिक परिस्थितिमा एमालेले लिनुपर्ने नीति, देशलाई दिनुपर्ने वैकल्पिक निकास, युवा पुस्ताको मनोभावना र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका चुनौतीसमेत प्रस्तावमा समावेश गरिएको बताइएको छ ।

पोखरेल समूहले पार्टीभित्र भदौ २३ र त्यसपछि विकसित घटनाक्रमको गम्भीर समीक्षा आवश्यक रहेको भन्दै आएको छ । उनीहरू एमालेले बदलिँदो परिस्थितिअनुसार नयाँ कार्यदिशा तय गर्नुपर्ने पक्षमा रहे पनि अध्यक्ष ओली त्यसमा सहज देखिएका छैनन् ।

यसअघि भदौ २० देखि २२ गते सम्पन्न एमालेको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी दस्तावेज पारित गरेको थियो । तर ती प्रतिवेदनहरू अपर्याप्त रहेको र थप छलफल तथा सुधार आवश्यक भएको पोखरेल पक्षको दाबी छ ।

महाधिवेशन नजिकिँदै गर्दा फरक प्रस्तावको तयारीले एमालेभित्र अध्यक्ष पदको प्रतिस्पर्धा मात्र होइन, आगामी राजनीतिक लाइनबारे पनि बहस थप चर्किने संकेत देखिएको छ ।

सोमबार, मंसिर २३, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४