सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको फोर्स गाडी र गाडीधनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिवार बिहान ५ बजे तिर वीरेन्द्रनगर १ बाँगेसिमल टेम्पाेपार्क पैदलयात्री ठक्कर दिई फरार लु २ ख ५७८३ नम्बरको फोर्स गाडी सुर्खेतको बोटेचौर क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सवारी धनी सिम्ता गाउँपालिका ६ निवासी ३४ वर्षीय लोकबहादुर बी.सी. प्रहरी नियन्त्रणमा छन् ।

तर, गाडी चालक दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर २ बस्दै आएका ३२ वर्षीय डिल्लीराज कंडेल भने फरार रहेका छन् । उनको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त गाडीको ठक्करबाट गम्भीर घाइते भएका डुंगेश्वर गाउँपालिका ५ निवासी ४३ वर्षीय जंगबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको थियाे ।

फरार चालककाे खाेजि भईरहेकाे छ घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार, पौष १३, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४