कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको एक वर्षको अवधिमा उनीहरूलाई भारतका विभिन्न स्थानबाट उद्धार गरिएको हो ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार उद्धार गरिएकामध्ये भारतको बिहार, चौमली, हरियाणा, मुम्बई र हैदराबादबाट एक–एक जना गरी ६ जना रहेका छन् । यस्तै, दिल्ली र गाजियाबाट दुई–दुई जना गरी चार जनाको उद्धार गरिएको हो ।

उनीहरूलाई भारतका विभिन्न स्थानमा विभिन्न काममा लगाइएको तथा कोठीमा बेचिएको अवस्थामा खोजतलास गरी उद्धार गरिएको संयोजक भट्टले जानकारी दिइन । उद्धार भएकामध्ये ८ जना बालिका र २ जना महिला रहेका छन् ।

यसैगरी, माइती नेपालले कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी तथा अन्य स्थानबाट भारत लैजाँदै गरेको अवस्थामा २०९ जनालाई रोकथाम गरी परिवारको जिम्मा लगाएको जनाएको छ ।

संयोजक भट्टका अनुसार गड्डाचौकी नाकाबाट ८९ जना, चार लेन महाकाली पुलबाट ३१ जना, दोधारा–चाँदनी झोलुङ्गे पुलबाट २९ जना तथा जिल्ला प्रहरी कार्यालयको सहयोगमा विभिन्न स्थानबाट ६० जनालाई भारत जाँदै गर्दा रोकथाम गरिएको हो ।

भारतमा पुर्‍याएर बेचबिखन गर्ने योजनासहित रोकथाम गरिएकामध्ये ९० जना बालबालिका र ११९ जना महिला रहेका छन् । तीमध्ये कञ्चनपुरका १०० जना, कैलालीका ३२ जना, बैतडीका १४ जना, बझाङका १० जना र डोटीका ८ जनालाई सीमा क्षेत्रमा नै रोकथाम गरी परिवारको जिम्मा लगाइएको उनले बताइन ।

दलालहरूले उनीहरूलाई भारत पुर्‍याएर श्रम शोषण गर्ने, उत्तेजक नाचमा लगाउने, शारीरिक अङ्ग बिक्री गर्ने तथा यौन पेशामा संलग्न गराउने उद्देश्यले बेचबिखन गर्ने गरेको माइती नेपालले जनाएको छ । पछिल्लो एक वर्षको अवधिमा माइती नेपाल कञ्चनपुरमा १८९ वटा खोजतलाससम्बन्धी निवेदन दर्ता भएका छन् ।

तीमध्ये कञ्चनपुरका ६९, कैलालीका ४१, बझाङका १३ तथा डोटी र डडेल्धुराका १०/१० जनासहित ८१ जना बालबालिका र १०८ जना महिला रहेका छन् । उनीहरूमध्ये ८१ जना फेला परेका छन् भने ११७ जना अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको भारतका विभिन्न स्थानमा खोजी भइरहेको बताइएको छ ।

माइती नेपाल आवधिक गृह, कञ्चनपुरले शनिबार महेन्द्रनगरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो एक वर्षमा भएका उद्धार, रोकथाम र परामर्शसम्बन्धी गतिविधिबारे जानकारी गराएको हो ।

कार्यक्रममा संयोजक भट्टले बालबालिका तथा महिलालाई जोखिममा पर्न नदिन नियमित रूपमा मनोसामाजिक परामर्श प्रदान गरिँदै आएको जानकारी दिइन । उनका अनुसार हालसम्म ४४ हजार ५८१ जनालाई सीमा नाकामा मानव बेचबिखन र सुरक्षित बसाइँसराइबारे परामर्श दिइएको छ ।

नाकाबाट रोकथाम गरिएका २१७ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ३३ जनालाई परामर्शपछि सिधै घर फर्काइएको छ । साथै, २२७ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ । यस अवधिमा १२ हजार ८५८ वटा सवारीसाधन रोकि चेकजाँचसमेत गरिएको माइती नेपालले जनाएको छ ।

माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा घरेलु हिंसासम्बन्धी १० वटा निवेदन, जबरजस्ती करणीसम्बन्धी ४ मुद्दा तथा मानव बेचबिखनसम्बन्धी एक मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेको जनाएको छ ।

आइतबार, पौष १३, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१