सुनचाँदी व्यवसायी संघकाे प्रेम शभाहलकाे उद्घाटन

सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतकाे नयाँ कार्यालय तथा प्रेम शभाहलकाे उद्घाटन सम्पन्न भएकाे छ । सुनचाँदी व्यवसायी संघ सुर्खेत शाखाकाे आयाेजनामा मंगलबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश संयाेजक जनक सुनारले रिवन काट्दै पानसमा बत्ति बालेर प्रेम शभाहलकाे उद्घाटन गरेका हुन् । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि, केन्द्रिय […]

निर्माण व्यवसायी सर्खेतकाे अध्यक्षमा खड्का विजयी

सुर्खेत । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षमा पदमबहादुर खड्का भारी मतले विजयी भएका छन् । निर्माण व्यवसायी नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा खड्का १ सय ८६ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जम्मा खसेको मतमा खड्काले १ सय ८६ मत प्राप्त गरे उनका प्रतिद्वन्द्वी बसन्तविक्रम जि.सीले ४९ मत प्राप्त […]

गणेशजल बहुउद्देश्यिय सहकारी पनि केयरमा आबद्ध

सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरमा रहेको गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी बैंककाे केयरमा आवद्ध भएको छ । बुधबार राष्ट्रिय सहकारी बैंकको तर्फबाट बरिष्ठ प्रबन्धक रामबाबु आचार्य, गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम कुमार बि.सीले स्तरीकरण कार्यक्रम केयरमा आवद्ध भएको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सहकारी संस्थाको सञ्चालनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाई, गुणस्तरीय सुनिश्चितता […]

सुनकाे मुल्यमा गिरावट, ९९ हजार तीन सयमा काराेवार

सुर्खेत ।  बुधबार सुन चाँदीको मूल्यमा गिरावट आएकाे छ । बुधवार विरेन्द्रनगर सुर्खेतमा सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १४ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदाी व्यवसायी संघ सुर्खेतका अनुसार मंगलबारकाे तुलनामा सुनको मूल्य चार सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँ घटेको हाे । मंगलबार […]

सुर्ती तथा मदिराजन्य बाहेकका उद्योग सञ्चालनमा प्रदेश सरकारकाे सहुलियत

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीले सुर्ती तथा मदिराजन्य बाहेकका उद्योग स्थापना तथा सञ्चालन गर्न छुट तथा सहुलियत दिने बताएका छन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा उत्पादनमुलक उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगका नाममा खरिद गर्ने जग्गाको लिखित पारित गर्दा लाग्ने दर्ता शुल्कमा शतप्रतिशत छुट दिनेगरी आर्थिक बर्ष २०७९/०८० को नीति तथा […]

पुँजी व्यवस्थापन नहुँदा नेपाली कमजोर भयौं : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पुँजीको उचित व्यवस्थापन नहुदा नेपालीहरु कमजोर भएको बताएका छन । प्रदेश राजधानी सम्त रहेको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेश स्तरीय पुँजी बजार सचेतना कार्यक्रम कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सेयर बजारमा भएको अस्वस्थ प्रतिस्पर्धाले व्याजमा सापटी लिएर पुँजी बजारमा लगानी गर्ने प्रचलनको अन्त्य गरि जे छ त्यसैलाई लगानी गर्ने व्यवहारको […]

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपालमा फेरि पेट्रा्लियम पदार्थको मुल्यमा वृद्धि हुने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको पछि मूल्य वृद्धि हुने भएको हो । आईओसीले बिहिबार ९जून १६० मा पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ । निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार […]

कर्णाली प्रदेश सरकारकाे बजेट ३२ अर्ब ६१ कराेड

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु. ३२ अर्ब ६१ करोड ६१ लख ६३ हजार बजेट प्रस्तुत गरिएको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेशसभाको दशौं अधिवेशनको तेह्रौं बैठकमा प्रस्तुत गरेका हुन्। आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका नीति तथा […]

रुपैडियाबाट हिंडे तेल बोकेका ट्यांकर

सुर्खेत । नेपाल–भारत सिमाना रुपैडियामा रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भारतले छोडेको छ । तेल आपूर्तीको क्रममा भारतले नयाँ नियम लागू गरेपछि तीन दिनदेखी रुपैडियामा रोकिएका ट्यांकर सोमबार साँझदेखी छोड्न शुरु गरेको हो । रुपैडियामा ट्यांकर रोकिएपछि सुर्खेतमा पेट्रोलको चरम अभाव चुलिएको थियो । नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेका प्रमुख दिपकप्रसाद घिमिरेको पहलमा […]

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६० औँ बैठकले मेगा […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१