रुपैडियाबाट हिंडे तेल बोकेका ट्यांकर

६० हजार लिटर पेट्रोल भोली सुर्खेत आइपुग्ने

ज्वाला अपडेट

३ वर्ष अगाडि

सुर्खेत । नेपाल–भारत सिमाना रुपैडियामा रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भारतले छोडेको छ । तेल आपूर्तीको क्रममा भारतले नयाँ नियम लागू गरेपछि तीन दिनदेखी रुपैडियामा रोकिएका ट्यांकर सोमबार साँझदेखी छोड्न शुरु गरेको हो ।

रुपैडियामा ट्यांकर रोकिएपछि सुर्खेतमा पेट्रोलको चरम अभाव चुलिएको थियो । नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेका प्रमुख दिपकप्रसाद घिमिरेको पहलमा २५ ओटा तेल बोकेका ट्यांकर पास भएर नेपालका लागि छुटेका छन् ।

भन्सार प्रक्रियाको कारण देखाउँदै रोकिएका ट्यांकर म्यानुअल प्रणालीबाट अहिले छुट्ने क्रम शुरु भएको बताउदै इन्डियन आयल कर्पोरेशन रुपैडियामा रहेका घिमिरेले पाँच लाख लिटर पेट्रोल बोकेका ट्यांक्टर छुटि सकेको र बाँकी ट्यांकर पनि पास गरेर छुटाउने प्रक्रिया जारी रहेको बताए । उनले नेपालका लागि छुटेका ट्यांकरमध्य ६० हजार लिटर पेट्रोल मंगलबार सुर्खेत पठाइने बताए ।

सोमबार, जेठ ३०, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957