सरकारलाई सुनचाँदी व्यवसायीकाे ज्ञापन पत्र

सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतले सरकारले लगाएकाे अनाबश्यक कर खारेजिकाे माग राख्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएकाे छ । आर्थिक वर्ष २०८०/२०८१ काे बजेट भाषण मार्फत सुन चाँदी क्षेत्रमा कर वृद्धि तथा विलासिता कर २% थप लगाउने निर्णयकाे विराेध गर्दै करमा हेरफेर गर्ने माग सहितकाे पत्र जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश […]

राष्ट्रपति रनिङ्शिल्डकाे समिक्षा बैठक सम्पन्न

सुर्खेत । वीरेन्द्रनगरमा सम्पन्न स्थानीय तह स्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समिक्षा बैठक सम्पन्न भएको छ । यही माघ २० गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगर ११ स्थित चन्द्र गंगा माध्यामिक विद्यालय गाग्रेतालमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न भएपश्चात सञ्चालन तथा व्यवस्थापन समितिको साेमबार समिक्षा बैठक गरेको हो । प्रतियोगिता सफल रुपमा सम्पन्न भएको भन्दै […]

बेसहाराकाे अभिभावक बन्दै अमरज्याेती, छात्रवृत्तीमा जाेड

सुर्खेत । वीरेन्द्रनगर १२ सुर्खेतमा रहेको अमर ज्योति नमूना माध्यामिक विद्यालयले विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेपछि गरिब विपन्न तथा अभिभावक विहिन विद्यार्थीहरुले पढाइमा निरन्तरता दिएका छन् । २०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुन्छ । अमरज्योतिले प्लसटु तर्फ विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन संकायका साथै प्राविधिक धारका सिभिल सब इन्जिनियरिङ्ग र जियोमेट्रिक्स विषयका […]

व्यावसायी महासंघले बैंक बिरुद्द आन्दोलन गर्दै

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन गर्ने भएकाे छ । महासंघको शुक्रबार बसेको बैठकले मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकले उद्योगी व्यवसायीलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंकविरुद्ध माघ १६ गतेदेखि आन्दोलनकाे घोषणा गरेको हो । महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उभिएका उद्योगी व्यवसायी माथि राज्यले सधै अपहेलना गरेको आरोप लगाएको […]

फेसन अवार्ड २०७९ बाट के.सी सम्मानित

सुर्खेत । नेपाल व्यूटीसियन एण्ड फेशन अवार्ड २०७९ बाट कर्णाली प्रदेशबाट यशाेदा केसी सम्मानित भएकि छन् ।   काठमाण्डौंमा सम्पन्न दोश्रो अवार्ड फेस्टिवलबाट वेष्ट ब्यूटिसियन ट्रेनर ईयर २०७९ अवार्डबाट के.सि सम्मानित भएकि हुन् । विभिन्न संघ संस्थामा महत्वपुर्ण जिम्मेवारी पुर्वक सफलता प्राप्त गरिसकेकी के.सीले यस्ताे अवार्डले जिम्मवारीबाेध गराउने भन्दै थप हाैसला प्रदान गरेकाे बताईन् । […]

गणेशजलकाे सहकारी शिक्षामा निरन्तरता

सुर्खेत । श्री गणेशजल द्धारा सदस्यलाई निरन्तर टोल भेला तथा सहकारी शिक्षा कार्यक्रमलाई निरन्तरताका साथ गर्दै आएकाे छ । संस्थाको शेयर सदस्य बनेपछि प्राप्त गर्ने सुविधा तथा संस्थाले प्रदान गर्ने सेवाका बारेमा सदस्यलाई जानकारी तथा सचेतना गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएकाे हाे । संस्थाले आ.व २०७९/०८० काे अर्धवार्षिक समीक्षा गर्दै सहकारी शिक्षाकाे आबश्यक्तालाई मध्यनजर गर्दै […]

यसरी खाली गर्नुस् स्मार्टफोनको स्टोरेज

स्मार्टफोनमा उच्च गुणस्तरीय तस्वीर तथा भिडियो लगातार जम्मा भइरहँदा फोन ह्याङ हुने र स्पीड पनि धीमा हुने गर्छ । कहिलेकाहीं स्मार्टफोनमा एकैपटकमा दुईवटा काम गर्नुपर्दा ह्याङ भइहाल्छ । स्मार्टफोन स्लो हुने वा ह्याङ हुने समस्याबाट हामी धेरै पीडित भएका हुन्छौं । यदि तपाईं पनि यस्तो नहोस् भन्ने चाहनुहुन्छ भने तपाईंसँग एउटा विकल्प रहेको छ । […]

ब्यवसायी एकिकृत हुन जरुरी छ : अध्यक्ष बिश्वकर्मा

सुर्खेत । सुनचाँदी ब्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्र बिश्वकर्माले सबै सुनचाँदी ब्यसायीहरु एकजुट हुनुपर्ने बताएका छन् । सुनचाँदी ब्यवसायी संघ उपशाखा मेहेलकुनाले आयाेजना गरेकाे भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तथा अध्यक्षले एकतामा नै अनेकता हुने भन्दै जिल्लास्थित सम्पुर्ण ब्यवसायीहरु एकताबद्ध भएर लाग्नुपर्ने बताएका हुन् । अगाडीका कार्य समितीले गरेका कामकाे प्रशंसा गर्दै […]

श्री गणेशजलको कारोबार आधा अर्ब नजिक, अध्यक्षमा पुन: बि.सि

सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाको कारोबार आधा अर्ब नजिक पुगेको छ । बुधबार संस्थाको ११औं बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष प्रेमकुमार बिसीले संस्थाले पछिल्ला केही वर्षदेखि आक्रामक योजनाका साथ बजारमा गएकाले संस्थाको कारोबार ४० करोड ४८ लाख पुगेको जानकारी दिए । हालसम्म सहकारीको कुल शेयर पुँजी ५ करोड पुग्नुका साथै कर्जा लगानी ३७ करोड […]

प्र.अ बाेहराद्वारा ५१ हजार राशिकाे अक्षयकाेष स्थापना

सुर्खेत । प्रधानाध्यापक रत्नदेवि बाेहराले ५१ हजार शाहि बराबरकाे अक्षयकाेष स्थापना गरेकि छन् । कन्या पाठशालाकि प्रथम प्रधानाध्यापक रत्नदेवि बोहराले हालको विरेन्द्र नगर ४ को भैरव मा.बिमा आफ्नो ७९औं जन्मोत्सवको उपलक्ष्यमा रू. ५१ हजार एक सय ११ रुपैयाँँ बरावरको अक्षय कोष स्थापना गरेकि हुन् । आफू २०१८ देखि २०२१ साल सम्म प्र.अ भएको गोठिकाडा कन्या […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१