सुर्खेत । वीरेन्द्रनगरमा सम्पन्न स्थानीय तह स्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समिक्षा बैठक सम्पन्न भएको छ ।

यही माघ २० गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगर ११ स्थित चन्द्र गंगा माध्यामिक विद्यालय गाग्रेतालमा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगिता सम्पन्न भएपश्चात सञ्चालन तथा व्यवस्थापन समितिको साेमबार समिक्षा बैठक गरेको हो । प्रतियोगिता सफल रुपमा सम्पन्न भएको भन्दै सहयोग गर्ने सबै निकायलाई समितिले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतियोगितामा २४ वटा सामुदायिक र ७ वटा संस्थागतगरी ३१ विद्यालयका ८२७ विद्यार्थीहरुले भाग लिएका थिए । एशोएस हर्मनमाइनर विद्यालयले प्रथम स्थान हाँसिल गर्दा सैनिक आवाशिय विद्यालयले द्वतीय र जन नमूना मावि तृतीय भएका छन् ।

प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य यामलाल कंडेलले गरेका थिए । प्रतियोगितामा छात्रा छात्र तर्फ छुट्टा छुट्टै विभिन्न खेलहरुको आयोजना गरिएको थियो । जसमा सटपट, त्रिपलजम्प, दौड, हाइजम्प, रिले दौड, ज्याभलिन थ्रो, कपर्दी र भलिबल खेल रहेका थिए ।

नगरप्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, शिक्षा युवा तथा खेलकुदा शाखाका प्रमुख धिरेन्द्र प्रसाद शर्मा, चन्द्र गंगा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनश्याम कंडेल, वडा नं. ११ का अध्यक्ष खिलाल देवकोटा, खेल प्रशिक्षक, शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

मंगलबार, माघ २४, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१