सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाको कारोबार आधा अर्ब नजिक पुगेको छ । बुधबार संस्थाको ११औं बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष प्रेमकुमार बिसीले संस्थाले पछिल्ला केही वर्षदेखि आक्रामक योजनाका साथ बजारमा गएकाले संस्थाको कारोबार ४० करोड ४८ लाख पुगेको जानकारी दिए ।

हालसम्म सहकारीको कुल शेयर पुँजी ५ करोड पुग्नुका साथै कर्जा लगानी ३७ करोड पुगेको अध्यक्ष बिसीले जानकारी दिए ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ मा सञ्चालन भएको श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आगामी वर्षमा सहकारीको थप बजार व्यवस्थापन, ऋण परिचालन लगायतका अन्य विषयहरुलाई थप प्रभावकारी बनाउँदै कृषकहरुको आय आर्जन वृद्धि गर्नका लागि प्रभावकारी काम गर्ने बि.सी.ले बताए ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले सहकारी संस्थाले सरकारको तीन खम्बे नीतिलाई अवलम्बन गरेको र स्थानीय स्तरमै साना व्यवसायिहरुलाई आत्मनिर्भर बनाउने अभियान अझै प्रभावकारी बनाउँदै लैजाने बताए । स्थानीय सरकार सहकारीमार्फत घर घरमा रोजगारी दिने अभियानमा सँधै साथमा रहने उपप्रमुख खनालको भनाई छ ।

सहकारीले गर्भदेखि स्वर्गसम्म भन्ने मान्यता र उद्देश्यलाई कायम राख्दै काम गरेको र हरेक महिना एक जना उत्कृष्ट शेयर सदस्यलाई पुरस्कार घोषणा गरेर प्रोत्साहनका कामहरु सञ्चालन गरिरहेको छ । सहकारीले २१ वटा नीति निर्माण गरेर कामको थालनी गरिरहेको छ । सहकारीले सुत्केरी महिला र नाबालक शिशुस्याहार कार्यक्रम अन्तर्गत सुत्केरी भेटघाट तथा चोलो भोटो कार्यक्रम सञ्चालन गरेको छ ।

सहकारीले सदस्यको पहिलो रोजाई, सदस्य सेवा, नीति विधि र सिर्जनाशीलता, गुणस्तरीय सेवा र सदस्य सन्तुष्टी, सवल र सक्षम संस्था लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
साधारण सभामा सहरकारीले वार्षिक रुपमा गरेका गतिविधिहरुको बारेमा छलफल भएको छ ।

अध्यक्षमा पुनः बि.सी
श्री गणेशजल सहकारीले नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा पुनः प्रेम कुमार बिसी चयन भएका छन् । यसैगरी उपाध्यक्ष गोमा मल्ल, सचिव भुपेन्द्र कुमार बिसी, कोषाध्यक्ष शान्ती थापा, सदस्य यामप्रसाद अधिकारी, मनिस गहतराज, सोमन बिश्वकर्मा, टिका वली, डिला लामिछाने चयन भएका छन् ।

यसैगरी सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा रबिन्द्र कुमार बिसी र सदस्यहरुमा भुल कट्टेल र धनमाया ढकाल चयन भएका छन् । सहकारीले आगामी दिनमा देशको अर्थतन्त्रलाई मध्यनजर गर्दै आक्रामक ढंगबाट बजारमा जाने बताएको छ ।

बिहिबार, पौष २८, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१