
सुर्खेत । जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ निवासी २८ वर्षीय कृष्ण रिजाल रहेका छन् । जिल्ला अदालत सुर्खेतले उनलाई उक्त मुद्दामा ५ वर्ष कैद सजाय र २ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला पछि उनी फरार […]
सुर्खेत । सुर्खेतमा आयोजित एक्सट्रिम तेस्रो हाफ म्याराथन प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले जितेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टरको आयोजनामा सम्पन्न प्रतियोगितामा रोकायले २१ किलोमिटर दूरी एक घण्टा नौ मिनेट ३१ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन् । उपाधिसँगै उनले नगद एक लाख ५० […]
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ। शनिबार साँझ करिब ६:३० बजे स्थानीय टुनी खोलामा पौडी खेल्ने क्रममा दिपक थापाकी १४ वर्षीया छोरी सम्झना थापा र मानबहादुर रावतकी १२ वर्षीया छोरी कल्पना रावत डुबेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको टोलीले स्थानीयको सहयोगमा दुवै बालिकाको […]
मोबाइल चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि घटनाबारे छानबिन प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० निवासी २१ वर्षीय साविर बक्सलाई मोबाइल चोरी गरेको आरोपमा नियन्त्रणमा लिई मिति २०८३ जेठ २७ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी हिरासतमा […]
काठमाडौं । लुइस रोमोको निर्णायक गोलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदान ग्वाडालाजारा स्टेडियममा शुक्रबार बिहान भएको संघर्षपूर्ण जितपछि मेक्सिको राउण्ड अफ ३२ मा पुग्ने पहिलो टिम बनेको हो । मेक्सिको समूह ए को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ […]
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–४ बराइचे घर भएका ६८ वर्षीय रोजबहादुर शाहीको बस यात्राका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार शाही शुक्रबार बिहान ८:२० बजे सुर्खेत बसपार्कबाट लगामतर्फ जानका लागि खगेन्द्र थापाले चलाएको क.प्र.०२०० ख.०१९५ नम्बरको मिनीबसमा सवार भएका थिए । साँझ करिब ४:३० बजे चौकुने गाउँपालिका ३ बेतानस्थित राजु रामजालीको होटलमा पुगेका उनी राति […]
सुर्खेत । सुर्खेतको भेरिगंगा नगरपालिका–१२ सल्लिचोकस्थित एक होटलको कोठाभित्र अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला जाजरकोट जुनिचाँदे गाउँपालिका–९ स्थायी घर भएका तथा हाल सल्लिचोकमा ‘न्यू जाजरकोटी धर्मा शक्ति एण्ड लज’ सञ्चालन गर्दै आएका मान बहादुर खड्काको होटलमा उक्त घटना भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार, जेठ २ गते […]
सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुप्राखोलामा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–११ सुब्बाकुना निवासी लालबहादुर ठाडा मगरका करिब २० वर्षीय छोरा मनोज ठाडा मगर रहेका छन्। बुधबार राति करिब ९ बजे झुप्राखोलामा पौडी खेल्ने क्रममा उनी पानीमा डुबेका थिए। गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि उनका बुवाले राति ११:४५ […]
हेटौँडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गरेको छ । सोमबार बागमती प्रदेशसभाको बैठकमा सरकारको आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले कर तथा जरिरवाना छुटसम्बन्धी विशेष व्यवस्थाहरूबारे जानकारी गराए । सरकारले व्यावसायिक फर्म दर्ता गरी नवीकरण नगरेका उद्योग/व्यवसायले २०८३ पुस […]
सुर्खेत । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेण्डर अनुसार सुर्खेत जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगीता हुने भएको छ । प्रदेशस्तरको छनौट चरणमा प्रतिनिधित्व गर्ने सुर्खेत जिल्लाको टिम छनौटका लागि हुन लागेको प्रतियोगीतामा सुर्खेतका २३ वटा विद्यालय सहभागी हुनेछन् । सुर्खेत जिल्लाको विजयी टोलीले केही समयपछि हुने प्रदेशस्तरको विद्यालयस्तरीय प्रतियोगिता र त्यसलगत्तै […]