सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, धुलियाबिट नजिक भित्री सडकखण्डमा अटोको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा भारतमा मृत्यु भएको छ।

प्रहरीका अनुसार असार २४ गते बिहान  वीरेन्द्रनगर–५ निवासी २३ वर्षीय राजु सुनारले चलाएको क.प्र. ०२००१ स १०९४ नम्बरको अटोले पैदल यात्री वीरेन्द्रनगर–११ निवासी ६० वर्षीय रत्नबहादुर विकलाई ठक्कर दिएको थियो।

दुर्घटनामा विकको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचारका लागि उनलाई कर्णाली केयर अस्पताल, सुर्खेत लगिएको थियो।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि नेपालगञ्ज नर्सिङ होम रिफर गरिएको थियो। त्यसपछि असार २६ गते फेरि थप उपचारका लागि भारतको लखनउस्थित सिटी अस्पताल पठाइएको थियो।

उपचारकै क्रममा साउन १४ गते बिहान रत्नबहादुर विकको लखनउस्थित सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँको शव गृहमा शव ल्याई राखिएको छ।

बिहिबार, साउन १४, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८