एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आइतबार बिहान ११ बजेका बस्ने भएको हो। जेन–जी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी सचिवालयमै अल्पमतमा देखिएका छन् । सचिवालय बैठकमा ओलीको कार्यशैलीको आलोचना मात्र होइन राजीनामा मै माग भएको […]

बडादशैँ सुरु, आज घटस्थापना

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वादशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान […]

जेनजी आन्दोलन तुहाउन खोजे गोली खान तयार छौँ : घाइते परिवार

काठमाडौँ । जेनजी आन्दोलनका घाइते परिवारले नयाँ पुस्ताको बलिदानलाई सम्बोधन गरिनुपर्ने माग चेतावनी दिएका छन् । शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा घाइते परिवारका तर्फबाट सरस्वती रावलले जेनजी आन्दोलनको बलिदानलाई उपेक्षा गरिए आए आफू गोली खान तयार रहेको बताइन् । जेनजी आन्दोलन परिवर्तनको लागि सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा शुरु भएको रावलको भनाइ छ । आन्दोलनमा […]

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिने बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान बन्दा माओवादीले राखेको फरक मत अहिले सम्बोधन गर्नु पर्ने बेला आएको बताएका हुन् । त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति […]

आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । जारी विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा […]

आन्दोलनमा ज्यान गुमाएका दुई जेनजी युवकको दाहसंस्कार

बाँके । ‘जेनजी’ आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवकको दाहसंस्कार गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझी निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको पार्थिव शरीरलाई नगर परिक्रमा पछि राप्ती नदीको सिधनियाघाटमा आज दाहसंस्कार गरिएको हो । सुलभराज र आयुषको शव शुक्रबार नेपालगञ्ज ल्याइएको हो। नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझी निवासी १९ वर्षीय आयुष थापा […]

गोली लागेर एक जनाको मृत्यु, बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ । कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ । प्रदर्शनकारीले […]

सुनमा लगाईको २% विलासिता कर हट्यो

काठमाण्डाै । चालू आर्थिक वर्षको आर्थिक ऐन संसद्ले पारित गरेको एक महिनामै सरकारले करको दर परिवर्तन गरेको छ । आर्थिक ऐन, २०८२ मार्फत सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता शुल्कसहित विभिन्न वस्तुमा लगाइएको महसुल तथा करमा छुट दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । क्याबिनेटका निर्णयहरू सार्वजनिक गर्ने क्रममा यो निर्णय भने गुपचुप नै राखिएको छ । अर्थ मन्त्रालयका […]

खाडी जान लागेका ४० नेपाली महिलाको उद्धार, आज नेपाल ल्याइँदै

काठमाडौँ । भारतको राजधानी दिल्लीबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबइलगायतका खाडी मुलुकमा जान लागेका उनीहरुलाई फर्काइएको हो । उनीहरु गैरकानूनी रूपमा त्यहाँ पगेको थाहा पाएपछि नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इण्डिया’ले बुधबार राति उद्धार गरेको हो । […]

यरिचौकमा ट्रककाे ठक्करबाट पाँच जना घाइते

सुर्खेत । यरिचौक–मुलपानी फोरलन सडकमा पानी ढुवानी गर्ने ट्रकले अटोरिक्सालाई ठक्करदिँदा पाँच जना घाइते भएका छन् । हरिडिल भूमी स्कुल भएर फोरलेन सडकबाट यरिचौकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह १३९६ नम्बरको अटोरिक्सालाई मुलपानीबाट आइरहेको कर्णाली प्रदेश ०२–००१ क ०७५४ नम्बरको मिनि ट्रकले ठक्कर दिएको हो । ट्रकले ठक्करदिँदा अटोरिक्सा अनियन्त्रित भएर पल्टिएको थियो । […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१