
सुर्खेत । कर्तव्य ज्यान मुद्दामा १६ वर्ष अघिदेखि फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । सुर्खेतको चौकुने गाउँपालिका ७ का जुलु विश्वकर्माको हत्यामा संलग्न रहेको आरोपमा बर्दियाको बारबर्दिया नगरपालिका ३ का ६२ वर्षीय दल बहादुर सुजीलाई प्रहरीले पक्राउ गरेको हो । वि.सं. २०६६ साल असार ४ गते विश्वकर्माको हत्या गरी […]
सुर्खेत । वीरेन्द्रनगरमा यौनजन्य गतिविधि बढ्न थालेको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा दस जिल्लाका मानिसहरुको बसोवास रहेको छ । लागुऔषध दुर्व्यसनीको हब बनिरहेको वीरेन्द्रनगरमा पछिल्लो समय यौनजन्य गतिविधि पनि बढ्न थालेका हुन् । सोमबार मात्र प्रहरीले वीरेन्द्रनगरका होटल तथा रेस्टुरेन्टमा अवैध रूपमा यौनजन्य गतिविधिमा संलग्न २५ जनालाई पक्राउ गरेको छ । त्यसमा […]
सुर्खेत । जेठ २९ र ३० गते दुईदिन देशभरका सुनचाँदी पसल बन्द हुने भएका छन् । सरकारले ल्याएको आ.व २०८२÷०८३ को बजेटमा असन्तुष्ट जनाउँदै व्यवसायीहरुले देशभरका सबै सुनचाँदी पसल बन्द गर्न लागेका हुन् । सरकारले बजेट मार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा, जवाहरात लगायतका बहुमूल्य वस्तुहरूमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि देशभरका […]
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रहेको सिटी स्क्यान मेसिन दुई महिना देखि थला परेको छ । गत चैत्र ८ गते बिग्रिएको सिटी स्क्यान मेसिन अस्पतालले चासो नदिदाँ बनाउनमा ढिलाई भएको हो र बिरामीले निजी अस्पतालमै पुगेर सेवा लिन बाध्य भएका छन् । प्रदेशकै ठूलो सरकारी अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामी निजी अस्पताल जान […]
काठमाण्डौ । नेपालमा दलितको साक्षरता दर समग्र भन्दा झन्डै नौ प्रतिशतले कमी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको दलितसम्बन्धी तथ्याङ्कीय प्रतिवेदन अनुसार दलित समुदायको साक्षरता दर ६७ दशमलव ४ प्रतिशतमात्रै रहेको हो । राष्ट्रिय जनगणना २०७८ मा आधारित यस प्रतिवेदन अनुसार देशको समग्र साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहेको छ […]
सुर्खेत । वीरेन्द्रनगरको फोरलेन सडकखण्डस्थित मुलपानी नजिकै जेब्रा क्रसमा ट्रकको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन् । कालिकोटतर्फ जाँदै गरेको ट्रकले बिहीबार बिहान जेब्रा क्रसिङमा ठक्कर दिँदा दैलेख भैरवी गाउँपालिका ७, बोर्ती निवासी ७३ वर्षीया तुलसी जैशी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी हाल प्रदेश अस्पताल सुर्खेतमा उपचाररत छिन् […]
सुर्खेत । दैलेख उद्योग वाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्र बहादुर थापा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ३३१ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । थापाले प्रतिद्वन्द्वी राजेशकुमार हमालले २१५ मत पाएको निर्वाचन अधिकृत दैलेख बारका सचिव प्रेम थापाले बताए । बिहीबार रातिदेखि थालिएको मतगणनाको अन्तिम परिमाण शुक्रबार विहान घोषणा गरिएको हो […]
काठमाण्डौ । पाकिस्तानले बिहीबार राति ड्रोन र मिसाइल मार्फत् भारतका विभिन्न ठाउँमा आक्रमण गरेको छ । जम्मू कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएका हुन् । पाकिस्तानले आत्मघाती ड्रोन र क्षेप्यास्त्रहरू प्रहार गरेको हो । भारतीय पक्षले एस–४०० एअर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरिरहेको छ । पाकिस्तानी ड्रोनले जम्मू […]
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । प्रति औंस ३४०० डलर नाघेको छ । मंगलबार कारोबारको प्रारम्भमा थप मूल्य बढेर ३४८० डलर हाराहारीमा पुगेको छ । गत साताको तुलनामा मूल्य करिब ५ प्रतिशत बढेको छ । मंगलबार नेपाली बजारमा मूल्य समायोजन हुँदा यसको प्रभाव पर्नेछ । सोमबार नेपाली बजारमा प्रतितोला […]
काठमाडौं । दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं ल्याइदैंछ । प्रहरी स्रोतका अनुसार प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा फेला बिहीबार परेका थिए । यता प्रसाईंको सचिवालयले भने आसाम […]