दैलेख । दैलेखको ठाँटीकाध गाउँपालिका वडा नं ४ राकम कर्णालीमा पानी छाेएको निंहुमा निर्घात कुटपिट भएको छ । ठाँटीकाध गापा ४ राकम बाख्रेटार बजारमा कस्मेटिक पसल गर्दै आएकी ३२ वर्षिया दिप्शिखा बि.कलाई छिमेकी रमिला रावल बडुवालले कुटपिट गरेकी हुन् ।
स्थानीयका अनुसार पानी छोएको विवादलाई लिएर महिलामाथि कुटपिट गरिएको र घटना बाहिरिएपछि गाउँमा तनाव सिर्जना भएको छ ।
घटना छुपाउन लुकाउन हर प्रयास गरेका पिडक बडुवालका श्रीमानले केहि सिप नलागे पछि धम्किपुर्ण अभिव्यक्ति दिएका छन् । भाउजुले हानेको दुई चोट सहन सकिन्न, फोटो डिलेट गर नत्र टाउको निमोठ्दिन्छु भनेको अडियो बाहिरिएको छ ।

समाजमा जातीय विभेदको कसुर गरे पनि गल्तीको महसुस नगरी उल्टै धम्क्याउने काम भईरहेको प्रती दलित अधिकारकर्मीहरुको आपत्ति जनाएका छन् । मानवअधिकारकर्मी र सामाजिक अभियन्ताहरूले घटनाको कडा निन्दा गर्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् । दलित अभियान्ता कर्णाली प्रदेशका संयोजक मोहन सुनारले यो घटनालाई लिएर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

उनीहरूले यसलाई जातीय विभेदविरुद्धको चेतनाको अभावको परिणाम भन्दै पीडितलाई न्याय दिलाउन सम्बद्ध निकायलाई आग्रह गरेका छन् । यस घटनाले फेरि एकपटक कर्णालीमा जातीय समानता र सामाजिक सहअस्तित्वका विषयमा गम्भीर प्रश्न खडा गरेको छ ।
भिडियाे यता छ




