काठमाडौँ । जेनजी आन्दोलनका घाइते परिवारले नयाँ पुस्ताको बलिदानलाई सम्बोधन गरिनुपर्ने माग चेतावनी दिएका छन् ।

शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा घाइते परिवारका तर्फबाट सरस्वती रावलले जेनजी आन्दोलनको बलिदानलाई उपेक्षा गरिए आए आफू गोली खान तयार रहेको बताइन् ।

जेनजी आन्दोलन परिवर्तनको लागि सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा शुरु भएको रावलको भनाइ छ । आन्दोलनमा जेनजीहरूको ठूलो संख्यामा बलिदानी भएको उनले बताइन् ।

हजारौँको संख्यामा घाइतेछन् । जेनजीहरूको बलिदानीको रक्षा गर्न उनीहरुको एजेण्डालाई अहिलेको सरकारले सम्बोधन गर्नुपर्ने रावलले बताइन् । उनले मृतक परिवारको व्यवस्थापन, घाइतेहरूको जीविकोपार्जन, उपचारको ग्यारेन्टी, सुरक्षा लगायतको व्यवस्था सरकारले गर्नुपर्नेमा जोड दिइन् ।

आफू पनि १० वर्षे जनयुद्धको योद्धा भएको स्मरण गर्दै उनले जनयुद्धको समयमा तीन वर्ष जेल बसेको बताइन् । जेनजी आन्दोलनको बलिदानी खेर जाने अवस्था भएमा आफू फेरि गोली खान तयार रहेको तर अभिभावकका तर्फबाट यो आन्दोलनलाई पछाडि हट्न नदिने उनले स्पष्ट पारिन् ।


रावलले जेनजीहरूलाई एकजुट हुन पनि आह्वान गरिन् । हाल जेनजीको दुई चार वटा समूह देखिएको उल्लेख गर्दै जेनजीको नाममा अरूले अवसर लिएको बताइन् ।

घाइते प्रकाश विष्टकी दिदी दुर्गा विष्टले भाइको सिभिल अस्पतालमा उपचार गराइरहेको बताइन् । सरकारले घाइतेको पछिसम्म उपचारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

जेनजी आन्दोलनमा सहभागी सुप्रिया परियार, घाइते गोकर्ण विष्ट, सुरेश ऐरीले जेनजी आन्दोलनका माग पूरा हुनुपर्ने बताए । उनीहरूले देशमै रोजगारी सिर्जना हुनुपर्ने, आन्दोलनका क्रममा घाईते भएकाहरूको दीर्घकालीन उपचार गर्नुपर्ने, २०४६ सालपछिका उच्चपदस्थ व्यक्ति तथा कर्मचारीहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्ने, आन्दोलनमा गोली चलाउन आदेश दिनेलाई कारबाही गर्नुपर्ने, प्रत्यक्ष कार्यकारी निर्वाचित प्रमुखको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

शनिबार, आश्विन ०४, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१