काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष र नियमित महाधिवेशनको विवाद तीव्र बनेका बेला नियमित महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौंमा भेला गर्न लागेका छन् ।

विशेष महाधिवेशनको पक्षधरहरूले हालै भेला गरेको प्रतिक्रियास्वरूप नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरूले बिहीबार बिहान ११:३० बजे अनुपम फुडल्यान्डमा भेला आयोजना गर्न लागेको हुन् ।

आयोजक नेताका अनुसार उक्त भेलामा पार्टीको आगामी दिशा, संगठनात्मक तयारी र महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने छ ।

कांग्रेसभित्र पछिल्लो समय नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा मतभेद तीव्र बनेको छ। पार्टीका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिएका छन् भने महामन्त्री गगन थापा नेतृत्वको समूहले भने विशेष महाधिवेशनको माग गर्दै आएको छ ।

थापा पक्षले विशेष महाधिवेशनको मागसहित संकलित हस्ताक्षर २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो । महामन्त्री थापाले २१ फागुनमा हुने नेतृत्व निर्वाचनअघि १६ देखि १९ पुससम्म विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

सो प्रस्तावको प्रतिकारस्वरूप संस्थापन पक्षका नेताहरूले धोबिघाटमा भेला गरी नियमित महाधिवेशनको कार्यतालिका तयार पारेका थिए । सो अनुसार सहमहामन्त्री महेन्द्र यादवले मंगलबारको केन्द्रीय समिति बैठकमा २७ देखि ३० वैशाखसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।

हालसम्म पार्टी केन्द्रीय समितिमा विशेष र नियमित महाधिवेशनका दुवै कार्यतालिका प्रस्तुत भइसकेका छन्, तर अन्तिम निर्णय भने भएको छैन ।

बिहिबार, कार्तिक २१, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८