सुर्खेत । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका नेता जनार्दन शर्मालाई गृह जिल्ला रुकुम पश्चिममा कालो झण्डा देखाइएको छ ।
शर्मा आज बिहान (आइतवार) नेपाल एयरलाइन्सको जहाजमार्फत काठमाडौंबाट सदरमुकाम खलंगा पुगेका थिए। विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले उनीविरुद्ध कालोझण्डा प्रदर्शन गर्दै विरोध जनाएका हुन् ।

प्रहरी निरीक्षक हरी पुनले भने शर्मालाई कालो झण्डा देखाएको बारे आफुलाई जानकारी नभएको बताए । बजारमा कालोझण्डा बोकेर केहि युवाहरु हिडिरहेको भन्ने खबर आफुले थाहा पाए पनि शर्मालाई कालो झण्डा देखाएको बारे आफुलाई कुनै जानकारी नभएको बताए ।
स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको जिल्ला प्रशासनले जनाएको छ ।
नवगठित दल प्रलोपा मार्फत राजनीतिक यात्रा अघि बढाइरहेका शर्मा पहिलो पटक गृहजिल्ला रुकुमपश्चिम पुगेका हुन् ।
आइतबार, मंसिर २२, २०८२मा प्रकाशित गरिएको



