
सुर्खेत । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका ८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ । समुदायले मङ्गलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो । गुराँस गाउँपालिका ८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई सहयोग गर्न गएको समुदायको टोली उनीहरु बेँसी झरेको खबर पाएपछि त्यहाँबाट सुर्खेत चिङ्गाड गाउँपालिका ६ पाम्कास्थित पुँडे भन्ने […]
सुर्खेत । पछिल्लो समय निकै चर्चामा रहेका पव्लिक स्पिकर सिजन २ विजेता प्रखर वक्तारमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । सामाजिक संजालमा कल्पना कल्पना दाहालसंग नाम जोडिए पनि उनको विवाह कालीकोट की नन्दा सिंहसँग हुन लागको हो । रमेश र नन्दाले आगामी मंसिर २२ गते सोमबारका दिन बिबाह गर्न लागेको बताइएको छ । अबल […]
रुकुम पश्चिम । आठबीसकोट नगरपालिका ७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजे तर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना हुँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रयोग नगर्न सुझाएको रेमडिसिभिरले नेपालमा भने राम्रै नतिजा दिएको चिकित्सकहरुले बताएका छन् । अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले अपतकालीन प्रयोगका लागि अनुमति दिएको रेमडिसिभिर नेपालमा क्लिनिकल ट्रायलका रुपमा प्रयोग भइरहेको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)सँग समन्वय गरेर अस्पतालहरुले गम्भीर अवस्थाका कोरोना संक्रमितलाई यो औषधि प्रयोग […]
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट अगाडी बालकलाई ठक्कर दिएर फरार मोटरसाईकल र चालकलाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर ५ चिसापानीका १८ वर्षीय जीवन चौहान मगर र नविन भनिने अम्मर सलामी मगरलाई प्रहरीले बिहिबार नियन्त्रणमा लिएको हो । प्रहरीले अनुन्धानका क्रममा यामाह कम्पनीका एफजेट मोडलका १५ ओटा मोटरसाईकल नियन्त्रणमा लिएको थियो । ‘ति […]
सुर्खेत । पछिल्लो २४ घण्टामा एकसय १० जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा संक्रमितको कुल संख्या पाँच हजार ३५ पुगेको छ । प्रदेश अस्पताल पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला एकसय ७५, दैलेखमा २१, कर्णाली प्रतिष्ठान जुम्लामा १३ र चौरजहारीमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको सामािजक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । […]
काठमाण्डौं । बिहीबार दक्षिण भारतमा एक्कासी परेको मुसलधारे वर्षा र बाढीका कारण ३० बढी व्यक्तिको मृत्यु भएको भारतीय अधिकारीले जानकारी गराएका छन् । भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदरावादमा वर्षाका कारण बाढी तथा डुबान भई एउटा पर्खाल भत्किँदा कम्तीमा नौ जना र १० जना अन्य व्यक्तिको करेन्ट लागेर मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिए […]
काठमाण्डौं । गायक तथा टेलिभिजन रियालिटी शोका संचालक आदित्य नारायण झाले प्रेमिका श्वेता अग्रवालसँग यो बर्ष बिहे गर्ने तयारी गरेका छन् । आदित्य र श्वेताको भेट सन् २०१० मा रिलिज भएको चलचित्र ‘शापित’को सेटमा भएको थियो । यो चलचित्रमा एक साथ काम गरेपछि आदित्य र श्वेताको प्रेम सम्बन्ध अगाडि बढेको हो । श्वेतासँग आफूले यो […]
सुर्खेत । शनिवार कर्णाली प्रदेशमा एकसय १६ जना सहित देशभर ५ हजार ८ जना थप संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ३ सय २० नमुना परीक्षण गर्दा १ हजार ८ सय २३ महिला र ३ हजार १ सय ८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या […]
सुर्खेत । शनिवार सुर्खेत सहित आसपासका तीन जिल्लामा विद्युत सेवा ९ घण्टासम्म अवरुद्ध हुने भएको छ । कोहलपुर–सुर्खेत प्रशारण लाइनको ३३ केभी लाइन नजिकका रुखका हांगाहरु काट्नुपर्ने भन्दै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ । शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने केन्द्रका प्रमुख टंकाराज गिरीले […]