काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रयोग नगर्न सुझाएको रेमडिसिभिरले नेपालमा भने राम्रै नतिजा दिएको चिकित्सकहरुले बताएका छन् ।

अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले अपतकालीन प्रयोगका लागि अनुमति दिएको रेमडिसिभिर नेपालमा क्लिनिकल ट्रायलका रुपमा प्रयोग भइरहेको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)सँग समन्वय गरेर अस्पतालहरुले गम्भीर अवस्थाका कोरोना संक्रमितलाई यो औषधि प्रयोग गर्दै आएका थिए ।

तर हालैमात्र डब्ल्यूएचओ रेमडिसिभिरको ठूलो साइड इफेक्ट नदेखिएपनि गम्भीर प्रकृतिका संक्रमितको स्वास्थ्यमा सुधार आएको कुनै प्रमाण नरहेको स्पष्ट पारेको छ ।

रेमडिसिभिर प्रयोग गरिरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पतालका साथै निजी अस्पतालका चिकित्सकहरु पनि राम्रै नतिजा दिइरहेका बताउँछन् ।

तर डब्ल्यूएचओको सिफारिसपछि यसलाई प्रयोग गर्ने नगर्ने भन्ने विषयमा विज्ञ कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्ने एनएचआरसीका प्रमुख डा. प्रदीप ज्ञवाली बताउँछन् ।

इबोलाका बिरामीमा पनि प्रयोग गरिएको रेमडिसिभिर ट्रायलको नतिजा अमेरिकामा पनि राम्रो देखिएको भन्दै एफडीएले आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो ।

नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिज (एनआईएआईडी) का अनुसार अमेरिकाका अस्पतालमा भर्ना भएका एक हजार ६३ कोरोना संक्रमितमा गरेको अध्ययनमा अरु औषधिभन्दा यो एन्टिभाइरल प्रयोग गरेकाहरूमा प्रभावकारिता राम्रो भएको र चाँडो निको भएको छ । यो परीक्षणलाई एडप्टेड कोभिड १९ ट्रिटमेन्ट ट्रायल’ (एसीटीटी) नाम दिइएको थियो ।

आइतबार, मंसिर ०७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४