नेपालगञ्ज मेडिकल कलेजले कोरोनाका थप बिरामी भर्ना नलिने

बाँके । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नगर्ने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ । नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी तीन् सय शैयासम्मको कोभिड […]

पत्रकारको नाममा नक्कली परिचय–पत्र बोक्नेलाई कारवाही गर्न अनुरोध

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले पत्रकारको नाममा परिचय–पत्र देखाएर हिडेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई कारवाही गर्न अनुरोध गरेको छ । कोरोना महामारीको जोखिम बढी रहेको बेला पत्रकारका नाममा गैर–पत्रकारहरुले परिचय–पत्र देखाएर आवतजावत गरिरहेकालाई स्थानीय प्रशासनलाई कारवाही गर्न महासंघले अनुरोध गरेको हो । महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलसहितको टोलीले मंगलबार वीरेन्द्रनगरमा गरेको अनुगमनमा […]

कर्णालीका सबै जिल्लामा एक/एक करोड उपलब्ध गराउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रत्येक जिल्लालाई एक/एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्लामा अक्सिजन सिलिन्डर, अक्सिजन आपूर्तिलगायतका समस्या समधानका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिईन् । प्रत्येक जिल्लामा […]

वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउँदै

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले तत्काल अक्सिजन सहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पछिल्लो समय कोरोनाको दोस्रो लहर अत्याधिक मात्रामा देखिरहेको बेला संक्रमितको दर संगै मृत्युदर पनि बढिरहेकोले थप अवस्थालाई मध्येनजर गर्दै नगरले अक्सिजनसहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । प्रदेश अस्पताल […]

कर्णालीमा एकै दिन थपिए २१४ कोरोना संक्रमित, निषेधाज्ञा एक साता थपिने

सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा २१४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१४ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १७२ जना छन् । यस्तै […]

लामो समयको व्यथा पछि बच्चा नजन्मिए पछि सेनाको हेलिकोप्टरबाट गर्भवतीको उद्दार

सुर्खेत । सुत्केरी व्यथा लागेपनि बच्चा नजन्मिएपछि गर्भवतिको उद्दार गरिएको छ । महावै गाउँपालिका १ चिलखाया कालिकोटका २२ वर्षीय शान्ति सिंह शाहीको शनिबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो । लामो सुत्केरी व्यथा लागेपनि बच्चा जन्मन नसकेर ज्यान जोखिममा परेपछि उद्दार गरि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको महिला, बालबालिका तथा जेष्ठ नागरिक […]

बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेमा थप ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । यो सँगै बाँकेमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १८ र बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ । पछिल्लो समय संक्रमणबाट मृत्यु हुनेमा बाँकेका ३ जना र बाहिरी जिल्लाका ३ जना रहेका छन् । नेपालगन्ज मेडिकल […]

कर्णालीका सात जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

सुर्खेत। कर्णाली प्रदेशका सात जिल्लामा कोभिड १९ कोरोना भाईरसका सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । दैलेखमा एक हजार ६८४, जाजरकोटमा १५९, सल्यानमा ६९३, रुकुम पश्चिम २५७, कालीकोटमा ३३१, हुम्लामा ६१ […]

कोरोना खोप लगाएका ३३ जनामा समस्या देखियो

डोटी । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । केही समय मात्रै […]

चीनबाट कोभिडविरुद्धको तीन लाख डोज खोप अनुदानमा नेपाल आउदै

काठमाडौं । चीनले पहिलो चरणमा नेपाललाई कोभिड १९ कोरोना भाईरस विरुद्धको तीन लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले आइतबार प्रेस नोट जारी गर्दै यसको जानकारी दिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिबद्धताअनुसार चीनले खोपलाई विश्वव्यापी सार्वजनिक सामग्रीका रूपमा उपलब्ध गराउनेछ । नेपाल सरकारको अनुरोधमा चीनले तीन लाख डोज खोप अनुदान सहयोगमा उपलब्ध […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१