सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा २१४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१४ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १७२ जना छन् । यस्तै दैलेखका २१ जना, जुम्लाका ९ जना, कालीकोटका १३ जना, मुगुका एकजना र अन्य प्रदेशका ७ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ४३७ जनामा गरिएको र्‍यापिड एन्टिजेन परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा दैलेखका ११ जना, जुम्ला र कालीकोटका १३र१३ जना, डोल्पाका ६ र मुगुका दुईजना छन् ।

निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार शनिबार मात्रै प्रदेशमा थप १० जना कोरोनामुक्त भएका छन् । कर्णालीमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ६३३ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको निर्देशनालयले जनाएको छ ।

निषेधाज्ञा एक साता थपिने

सुर्खेतमा जारी निषेधाज्ञा एक सता थपिने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा थप्ने जिल्ला सुरक्षा निकायलाई सिफारिस गरेको छ ।

कोरोनाको दोस्रो लहरको हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा थपिनलागेको हो । यस अघि बैशाख १५ गते बाट २१ गते रातीको १२ बजे सम्म निषेधाज्ञा जारी राखिएको थियो । अब बैशाख २७ गते सम्म निषधाज्ञा जारी रहने छ ।

शनिबार, बैशाख १८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957