
सुर्खेत । दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोभिड १९ कोरोना भाईरस संकटका कारण जटिल अवस्था आइलागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गर्दै यसपटकको दशैं तिहारमा गाउँ जान हत्ते नगर्न आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा […]
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा डा. सापाकोटालाई गत भदौ ३० गते कोरोना पोजेटिभ भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भदौ […]
बाँके । बाँकेमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा नेपालगन्ज उपमहानगरपालिक १ की ३५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनी केही समयदेखि मधुमेह, उच्च रक्तचाप र हाइपोथाइराइडिज्म रोगबाट ग्रसित थिइन् । श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज २ गते भेरी अस्पतालमा […]
सुर्खेत । लामो समयदेखि सञ्चार क्षेत्रमा काम गरेका सञ्चारकर्मी तथा पत्रकार गोविन्द बिश्वकर्माले तीन करोड नेपालीलाई रुवाउने गीत बजारमा ल्याएका छन् । यस पहिला नै धेरै गीतहरु बजारमा ल्याईसकेका बिश्वकर्माले यस पटक घर बाहिर रहेको पिडा सुनाउदै बिदेशमा सोचेजस्तो सजिलो नभएको र दुःख मात्र हुने कारुणिक कथा बस्तुलाई समेटेर दशैं तिहार कोशेली ए दुर्गा भवानी […]
सुर्खेत । वीरेन्द्रनगरको खोर्के खोलामा जन्मिने वित्तिकै फालिएको शिशुको शव भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ र ६ को विचमा रहेको रातो पुलदेखि झण्डै तीनसय मिटर तल शिशुको शव भेटिएको हो । जन्मिने वित्तिकै बच्चा प्लाष्टिकको पोका भित्र बालबालिकाले भेटेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । भेटिएको शिशु बालक रहेको पनि प्रहरीले जनाएको […]
सुर्खेत । देशभरका दलित अधिकारकर्मीहरुले रुकुम सोती घटना सेलाउन लागेको भन्दै उच्च अदालत सुर्खेतमा धर्ना दिएका छन् । गत जेठ १० गते रुकुक पश्भिचम चौरजहारी सोतीमा जाजरकोटका नवराज वि.क सहित ६ जनाको हत्या भएको घटनालाई सरकार पक्षले मिलाउन खाजेको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा न्याय लुकाउन नपाईने र हत्यारालाई कारबाहीको माग राख्दै धर्ना […]
काठमाडौं । नेपालमा मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय छ । ‘यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दशैं तिहार भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला………. https://www.youtube.com/watch?v=xxfi9NkxPcI पछिल्लो विश्लेषण अनुसार हाल भारतको […]
काठमाण्डौ । सोमबार देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएको बताएका छन् । त्यस्तै हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार […]
सुर्खेत । पाँच जना स्वास्थ्यकर्मी र तीन पत्रकारसहित कर्णालीमा २८ जनामा कोरोना पुष्टी भएको छ । आज संक्रमितहुने २८ जनामध्य बैंकका कर्मचारी पाँच, उपचारमा रहेका विरामी तीन, वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी दुई, प्रध्यापक, शिक्षक र व्यापारी एक एक जना छन् । कोरोना पुष्टि भएका पत्रकार सूर्यप्रकाश कंडेल, टिका विष्ट र गणेश वलीले आफूहरुमा कोरोना […]
काठमाण्डौ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोना भाइरसको सङ्क्रमण पुष्टिका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । पीसीआर परीक्षणका लागि चाहिने आवश्यक समग्रीको मूल्य घटेकोले परीक्षणको शुल्क संशोधन गरेर दुई हजार रुपैयाँ कायम गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । […]