दशैंमा गाउँ जान हत्ते नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

तीन लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

गोविन्द बिश्वकर्मा

६ वर्ष अगाडि

सुर्खेत । दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोभिड १९ कोरोना भाईरस संकटका कारण जटिल अवस्था आइलागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गर्दै यसपटकको दशैं तिहारमा गाउँ जान हत्ते नगर्न आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आउँदै गरेका चाडबाडमा विशेष सचेतता अपनाउन भन्दै मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले कोरोनाबाट जोगिन सबैलाई आग्रह गरेका छन् । उनले कोरोना आफैँ नसर्ने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि भनेका छन् ।

तीन लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

गृह मन्त्रालयद्वारा उपलब्ध तथ्यांक अनुसार यो वर्ष दसैंमा कम्तिमा तीन लाख मानिस काठमाण्ठौं उपत्यकाबाट बाहिर जाने देखिन्छ । किनकि, ८ लाख मानिस लकडाउनकै समयमा घरतिर फर्किएको तथ्यांक छ ।

लकडाउन खुलेपछि केही नागरिक उपत्यकाभित्र प्रवेश गरे पनि बाहिरिएको संख्या पनि उत्तिकै रहेको तथ्यांकले देखाउँछ । दसैं आउन तीन हप्ता बाँकी रहेका वेला उपत्यका छाड्ने क्रम भने सुरु भइसकेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको तथ्यांक अनुसार उपत्यका छाड्ने यात्रुको संख्या बढ्दो क्रममा छ ।

शनिबार, आश्विन १७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१