दशैंमा गाउँ जान हत्ते नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

तीन लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

गोविन्द बिश्वकर्मा

४ वर्ष अगाडि

सुर्खेत । दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोभिड १९ कोरोना भाईरस संकटका कारण जटिल अवस्था आइलागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गर्दै यसपटकको दशैं तिहारमा गाउँ जान हत्ते नगर्न आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आउँदै गरेका चाडबाडमा विशेष सचेतता अपनाउन भन्दै मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले कोरोनाबाट जोगिन सबैलाई आग्रह गरेका छन् । उनले कोरोना आफैँ नसर्ने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि भनेका छन् ।

तीन लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

गृह मन्त्रालयद्वारा उपलब्ध तथ्यांक अनुसार यो वर्ष दसैंमा कम्तिमा तीन लाख मानिस काठमाण्ठौं उपत्यकाबाट बाहिर जाने देखिन्छ । किनकि, ८ लाख मानिस लकडाउनकै समयमा घरतिर फर्किएको तथ्यांक छ ।

लकडाउन खुलेपछि केही नागरिक उपत्यकाभित्र प्रवेश गरे पनि बाहिरिएको संख्या पनि उत्तिकै रहेको तथ्यांकले देखाउँछ । दसैं आउन तीन हप्ता बाँकी रहेका वेला उपत्यका छाड्ने क्रम भने सुरु भइसकेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको तथ्यांक अनुसार उपत्यका छाड्ने यात्रुको संख्या बढ्दो क्रममा छ ।

शनिबार, आश्विन १७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेत नेपालमा र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्राेडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : [email protected]
सुचना तथा विज्ञापन : [email protected]
दर्ता नं : 4557/075/07

हाम्रो टीम

प्रकाशक : ज्वाला प्राेडक्सन नेपाल
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संवाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957