सुर्खेत । सुखेतमा एक युवाले बैवाहिक उत्सव (यनिभर्सरी) का दिन पसल उपहार दिएका छन् । कालीकोट सान्नीत्रिवेण गाउपालीका ३ लुयाँता घर भई अहिले वीरेन्द्रनगर सुर्खेतमा बसोबास भएका मनराज देवकोटाले आफ्नो पहिलो बैवाहिक उत्सवमा श्रीमती झरनालाई उपहार स्वरुप पसल दिएका हुन् ।
वीरेन्द्रनगर ३, यरीचोक नजिकै मनराजले झरनालाई नौ लाख ७२ हजार रूपैयाँ बराबरको भाडा पसल उपहार दिएका हुन् ।
पहिलो बैवाहिक उत्सवमा श्रीमतीलाई पसल उपहार दिन पाउँदा खुसी भएको उनले प्रतिक्रिया दिए । फजुल खर्चभन्दा समाजसेवा, दुखी गरिबलाई सहयोग तथा यसरी परिवारलाई व्यवसायमा खर्च गर्नु उत्तम हुने उनको भनाइ छ ।
आगामी वर्षहरुमा पनि अनावश्यक खर्चभन्दा अन्य दुखी गरिबको सहयोगमा बैवाहिक उत्सव मनाउने उनको भनाइ छ । उनीहरुले गत माघ ४ गते विवाह गरेका थिए ।
मंगलबार, माघ ०६, २०७७मा प्रकाशित गरिएको