काठमाडौं । चीनले पहिलो चरणमा नेपाललाई कोभिड १९ कोरोना भाईरस विरुद्धको तीन लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले आइतबार प्रेस नोट जारी गर्दै यसको जानकारी दिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिबद्धताअनुसार चीनले खोपलाई विश्वव्यापी सार्वजनिक सामग्रीका रूपमा उपलब्ध गराउनेछ । नेपाल सरकारको अनुरोधमा चीनले तीन लाख डोज खोप अनुदान सहयोगमा उपलब्ध गराउने निर्णय गरेको छ । चीनले दिएका खोप करिब एक लाख ५० हजार नागरिकलाई लगाउन पुग्नेछ ।

चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । दुई चरणमा लगाएपछि कोभिडविरुद्ध यो खोपले करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखाएको चिनियाँ दूतावासले जनाएको छ ।

चीन र अन्य मुलुकहरूमा खोपको माग व्यापक बढिरहेका वेला चीनले नेपाललाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने निर्णय गरेको पनि दूतावासले उल्लेख गरेको छ । ‘खोप उपलब्ध गराएर चीनले नेपाल–चीन मित्रतालाई ठूलो महत्व दिएको छ,’ प्रेस नोटमा भनिएको छ ।

सोमबार, माघ १९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१