सुर्खेत । टिप्परको ठक्करबाट छिन्चुमा एक जना महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको टिप्परले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले छिन्चुतर्फ जाँदै गरेको भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिन्चु बजारको पेट्रोल पम्प अगाडी ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी वीरेन्द्रनगर ११ का २३ वर्षीय ताराकुमारी आलेलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनकाअनुसार मोटरसाईकल शुभकालिका गाउँपालिका कालिकोटका चालक २६ वर्षीय दुर्गा शाही घाइते छन् । टिप्पर र चालकलाई ईलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको छ । छिन्चुमा भने स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

शुक्रबार, पौष २४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८