एजेन्सी काठमाण्डौ, जेठ १५ । अनलाइन गेमिङका शौखिनहरु पछिल्लो समय ह्याकरहरुको निसानामा पर्न थालेका छन् । हालै सार्वजनिक एक रिपोर्ट अनुसार साइबर अपराधीहरुले एक चर्चित ट्रोजन मालवेयर अर्थात भाइरसको मद्धतले गेमर्सहरुका डाटा चोरी गरिरहेका छन् । उक्त भाइरसले ह्याकरहरुलाई प्रयोगकर्ताको पासवर्ड चोरी गर्नमा सहयोग गर्दछ । साइबर सेक्योरिटी विशेषज्ञहरुका अनुसार, यो भाइरस निकै खतरनाक छ । यो भाइरसले खासगरी गेमिङका शौखिनहरूले प्रयोग गर्ने डिजिटल प्लाटफर्म

discord  का प्रयोगकर्ताहरुको Two Factor Authetication लाई निस्क्रिय पारी प्रयोगकर्ताका संवेदनशील डाटा चोरी गर्दछ ।

यो भाइरसले प्रयोगकर्ताको सिस्टमका डाटामाथि पहुँच स्थापित गरेसँगै अन्य साथी प्रयोगकर्ताको सिस्टममा पनि आक्रमण गर्दछ । AnarchyGrabber3 नामको यो भाइरस ह्याकर फोरमहरुमा पनि नि:शुल्क उपलब्ध छ । यो भाइरस यस अर्थमा पनि निकै खतरनाक छ कि यसद्वारा ह्याकिङ गरिएका कैयन भिडियोहरु युट्युबमा पनि उपलब्ध छन् । ब्लिपिङ कम्प्युटरको एक रिपोर्ट अनुसार उल्लेखित युट्युब भिडियोहरुमा discord प्रयोगकर्ताका डाटा चोरी गर्ने तरिका समेत बताइएको छ । ह्याकरहरुले निकै सजिलोसँग उक्त भाइरसद्वारा discord प्रयोगकर्तामाथि आक्रमण गरिरहेका छन् ।

वास्तवमा गेमिङ प्रयोगकर्ताको सिस्टममा यो भाइरस गेमको चीट कोड, ह्याकिङ टूल वा कपिराइट सफ्टवेयरको रुपमा प्रवेश गर्दछ । त्यसपछि यो भाइरस प्रयोगकर्ताको कम्प्युटर वा स्मार्टफोनमा इन्स्टल हुन्छ । इन्स्टल भैसकेपछि डिस्कर्ड प्रयोगकर्ताको जाभास्क्रिप्ट फाइलहरु परिवर्तन गरिदिन्छ । त्यसपछि भाइरसले प्रयोगकर्ताको डिस्कर्ड टोकनबाट डाटा चोरी गर्न सुरु गर्दछ ।

यो भाइरसले discord प्रयोगकर्ताको index.js फाइलाई मोडीफाई गरी discordmod.js नामको एक भाइरसयुक्त स्क्रिप्ट लोड गरिदिन्छ । त्यसपछि जब प्रयोगकर्ताले सिस्टममा लगइन गर्ने कोसिस गर्दछन तब यो भाइरसले अकाउन्टको टू फ्याक्टर अथेन्टिकेसनलाई निष्क्रिय पारिदिन्छ ।

टू फ्याक्टर अथेन्टिकेसन निष्क्रिय भएसँगै ह्याकरले वेबहुकको मद्दतले प्रयोगकर्ताको इमेल आइडी, लगइन नेम, युजर टोकन, प्लेन टेक्स्ट पासवर्ड तथा आइपी एड्रेसलाई एक डिस्कर्ड च्यानलमा पुर्‍याउँदछ । त्योसँगै ह्याकरले पीडित प्रयोगकर्ताको साथी रहेका अन्य प्रयोगकर्ताको सिस्टममा पनि भाइरस आक्रमण गर्ने प्रयास गर्दछ ।

अनलाइन गेमर्सहरुमा डिस्कर्ड प्लाटफर्मको लोकप्रियता पछिल्लो समय निकै बढिरहेको छ । विश्वमा डिस्कर्डका प्रयोगकर्ता २५ करोडभन्दा धेरै छन् । त्यसमा डेढ करोड प्रयोगकर्ता यस्ता छन जो यसमा दिनहुँ गेम खेल्दछन् ।

बिहिबार, जेठ १५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४