काठमाण्डौ । नागरिकतासम्बन्धी कसुरको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा नेपाल पत्रकार महासङ्घ, नेपाल मिडिया सोसाइटीलगायतले भर्त्सना गरेका छन् ।

नेपाल पत्रकार महासङ्घले विज्ञप्ति निकालेर अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनासयबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासङ्घले स्वीकार नगर्ने जनाएको छ । महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधका रुपमा लिइएको उल्लेख छ । त्यस्तै नेपाल मिडिया सोसाइटीले व्यक्तिगत र इगो साँध्ने हिसाबले राज्यशक्तिको दुरुपयोग गरिएको उल्लेख छ ।

नागरिकता प्रकरणमा छानविनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो काठमाण्डौको थापाथलीमा रहेको कार्यालयबाट पक्राउ गरेका सिरोहियालाई जनकपुर लगिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले सिरोहियालाई आजै अदालतमा पेस गर्ने तयारी भैरहेको जानकारी दिए ।

अध्यक्ष सिरोहियाले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । हिजो धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै सिरोहियालाई पक्राउ गरिएको हो ।

बुधबार, जेठ ०९, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४