सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आधिकारिक डिजिटल प्लाटफर्म सार्वजनिक भएको छ । आइतबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले शाखाको अफिसियल वेभसाइट https://fnjsurkhet.org  को सुभारम्भ गरेकी हुन् ।

वेबसाइटको सुभारम्भ गर्दै अध्यक्ष शर्माले जवाफदेही र पारदर्शी पत्रकारिताको अभियान थालनी भएको बताइन । महासंघको कार्ययोजना अनुसार वेबसाइट निर्माण गर्ने पहिलो शाखा सुर्खेत भएको उल्लेख गर्दै शर्माले यसबाट सदस्य शुद्धिकरणमा देखिदै आएको विवाद समाधानमा सहयोग पुग्ने बताइन । वेबसाईटमा समावेश भएका विषयवस्तुले शाखाबाट हुने सम्पूर्ण गतिविधिलाई पारदर्शी बनाउने अध्यक्ष शर्माले बताइन । वेबसाइट सुभारम्भ कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले वेबसाइटका विवरणमार्फत आवश्यक जानकारी लिन सहज हुने बताए ।

पछिल्लो समय सिङ्गो पत्रकारिता क्षेत्रमाथि नै हमला भइरहेको उल्लेख गर्दै महासचिव दाहालले संघीय सरकारले निर्माण गरेको सामाजिक सञ्जाल नियमन विधेयकमा राखिएका प्रेस स्वतन्त्रतामा आघात पुर्याउने व्यवस्था स्वीकार्य नहुने बताए । संघीय सरकारले मात्रै होइन प्रदेश र स्थानीय तहले निर्माण गरेका कतिपय कानुनहरु प्रेसमैत्री नभएको दाहालको दावी थियो । मिडियामाथि आएको संकटले सिङ्गो लोकतन्त्र छोपिने खतरा बढेको दावी गर्दै दाहालले मिडियाको दिगोपनामा तीनै तहका सरकारले सोच्नु पर्ने बताए ।श्रमजिवि पत्रकारमाथि श्रमशोषण गर्ने मिडियाप्रति महासंघ खरोरुपमा उत्रिएको उनको दावी थियो ।

पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्न महासंघले अभियान थालेको समेत उनले बताए । महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशीलराज शर्माले कार्ययोजना अुरुप वेबसाइट निर्माण गरिएको बताए । महासंघलाई श्रमजिविका पक्षमा वकालत गर्न भावि दिनमा कार्ययोजना बमोजिमका कामहरु अगाडि बढाउँदै लैजाने अध्यक्ष शर्माको भनाई थियो ।

आइतबार, चैत्र ०२, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४