काठमाडौं । त्रिशूली नदीमा गत आठ वर्षमा पूर्व गृहमन्त्रीसहित ५५ यात्रु हराएका छन् । नारायणगढ(मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेका छन् । ती सवारीसाधनमा सवार पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सहित ५५ यात्रु भेटिएका छैनन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आथिर्क वर्ष २०७३/७४ मा पाँच वटा, २०७४/७५ मा चार वटा, २०७५/७६ मा चार वटा सवारीसाधन हराएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७९/८० मा एक(एक तथा २०८०/८१ मा पाँच वटा सवारीसाधन त्रिशूलीमा खसेका थिए ।

त्रिशूलीमा खसेका सवारी साधानमा सवार आर्थिक वर्ष २०७३/७४ मा १४ जना, २०७८/७९ मा चार जना र २०८०/८१ मा ३७ जना हराएका हुन् । यो अवधिमा ६६ वटा सवारी साधन दुर्घटना भएका छन् । आर्थिक २०७३/७४ देखि २०८०/८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुई वटा अन्य सवारीसाधन दुर्घटनामा परेको प्रहरीको तथ्यांक छ ।

पछिल्लो पटक पहिरोले बगाउँदा दुई वटा यात्रुबाहक बस त्रिशूलीमा हराइरहेका छन् । दुवै बसमा सवार ३७ यात्रु पनि भेटएका छैनन् ।

बुधबार, साउन १६, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४