मन्त्री र सांसदकै गाउँपालिकामा मोबाइल नेटवर्क संकट

जाजरकाेट । जाजरकोटको शिवालय गाउँपालिकामा मोबाइल नेटवर्क सेवा घाम अस्ताएसँगै अवरुद्ध हुने गरेको छ । स्थानीयका अनुसार साँझ घाम अस्ताएलगत्तै मोबाइल नेटवर्क बन्द हुने र भोलिपल्ट बिहान घाम लागेपछि मात्र पुनः सुचारु हुने गरेको छ । पश्चिम जाजरकोट विकास समाज शिवालय गाउँपालिकाका कार्यक्रम व्यवस्थापक रामप्रसाद जैसीका अनुसार साँझ करिब ६ बजेदेखि नेटवर्क गायब हुने र […]

प्रथम मेयर कप च्याम्पियन वीरेन्द्रनगर, जुम्ला १-० ले पराजित

सुर्खेत । वीरेन्द्रनगर, सुर्खेत ्र वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा बिहीबार दिउँसो सम्पन्न “प्रथम कर्णाली प्रदेश स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८३” को फाइनल महाभिडन्तमा आयोजक वीरेन्द्रनगर नगरपालिका (रातो जर्सी) विजयी भएको छ । निकै रोमान्चक र कडा प्रतिस्पर्धात्मक खेलमा जुम्ला (सेतो जर्सी) लाई १–० को साँघुरो गोल अन्तरले पराजित गर्दै घरेलु टोली वीरेन्द्रनगरले ऐतिहासिक पहिलो संस्करणको […]

विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघ कर्णालीको सरकारलाई आग्रह

सुर्खेत । नेपाल विद्यार्थी संघ कर्णाली प्रदेश कार्यसमितिले विद्यार्थी तथा युवामैत्री नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । संघले शिक्षा, रोजगारी, सूचना प्रविधि, विपद् व्यवस्थापन तथा विद्यार्थी सुरक्षासम्बन्धी विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दै सामाजिक विकास मन्त्रालय लाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्दै प्रदेशको […]

छोरी सम्मेलनको दोस्रो संस्करण वीरेन्द्रनगरमा हुदैं

सुर्खेत ।  कर्णाली छोरी सम्मेलनको दोेस्रो संस्करण शनिबारदेखि आयोजना हुने भएको छ ।  श्री ज्योति फाउन्डेशनको आयोजनामा बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार र मानव बेचबिखनलगायत सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने उद्देश्यसहित कर्णाली छोरी सम्मेलन २०८३ को दोस्रो संस्करण आयोजना गर्न लागिएको हो । शुक्रबार जानकारी दिन आयोजित […]

कर्णालीमा सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ : सभापति थापा

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्नुपर्ने बताएका छन् । सोमबारदेखि सुरु भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले तत्कालीन अवस्थामा कांग्रेस(एमालेविच भएको गठबन्धनको सहमत्ति अनुसार कर्णालीमा अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताए । यहाँ ०८१ साउनदेखि कांग्रेसको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन् । […]

भूमिहीन माथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेका ज्यादती बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाको ५० औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जनतालाई कानुन कार्यान्वयनको नाममा नागरिकलाई आतंकित बनाउने गतिविधि बन्द हुनुपर्ने बताएका हुन् । उनले लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित […]

कारागार भित्रै कैदी बन्दीको मृत्यू

सुर्खेत । सुर्खेत कारागारमा कैद भुक्तान गरिरहेका एक बन्दीको मृत्यू भएको छ । दैलेख जिल्लाको नौमूले गाउँपालिका ४ घर भई सुर्खेत कारगारमा बन्दी रहेका २२ वर्षीय लछुमन सुनारको वैशाख २३ गते साँझ मृत्यू भएको हो । कारागारभित्र साँझ ६ः४० बजे बेहोस् भएका सुनारलाई कारागार प्रशासनले उपचारका लागि कर्णाली प्रदेश अस्पताल लिँदा डाक्टरले मृत घोषणा गरेको […]

ज्योती फाउन्डेसनद्वारा भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति वितरण

सुर्खेत । श्री ज्योती फाउन्डेसनले भूकम्प प्रभावित जिल्लाका छात्रालाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरेको छ । गैरआवासीय नेपाली संघ एनआरएनएको सहकार्यमा रुकुम पश्चिम र जाजरकोटका १५ जना छात्रालाई तेस्रो पटक छात्रवृत्ति प्रदान गरिएको हो । भूकम्पपछि सुर्खेतमा आयोजना गरिएको सांगीतिक कार्यक्रमबाट संकलित रकममार्फत फाउन्डेसनले छात्रवृत्ति वितरण सुरु गरेको हो। प्रारम्भमा १५ छात्राबाट सुरु गरिएको कार्यक्रम […]

रोल्पा दुर्घटना : रुकुम पूर्वका एकै परिवारका ७ जनाले गुमाए ज्यान

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका १ जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुलेको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बीरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार, अहिले शवहरू संकलन गरेर थवाङतर्फ लगिँदैछ । दुर्घटनामा परेर २० जनाले […]

शिक्षा क्षेत्रमा मनपरी, कार्यविधि मिच्दै काजमा सरुवा

सुर्खेत । शिक्षा क्षेत्रमा चरम लापरवाही र मनपरी बढ्दै गएको अर्को गम्भीर घटना सार्वजनिक भएको छ । शिक्षक सरुवा कार्यविधि नै मिचेर कालिकोटबाट प्राथमिक तहकी स्थायी शिक्षिका उर्मिला आचार्यलाई विना सूचना काज सरुवा गरिएको खुलासा भएको छ । सुर्खेत इकाईमा कार्यरत वि.प्र. शाखाका प्रा.स. प्रकाशचन्द्र धितालले वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखासँग मिलेमतो गर्दै आचार्यलाई सुरुमा सूर्य […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१