काठमाडौं । प्रधानमन्त्रीले स्वतन्त्र सांसद महावीर पुन लाई विज्ञान तथा नवप्रवर्तनमन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका छन्। उनको शपथ ग्रहण कार्यक्रम आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा तय गरिएको छ।
लामो समयदेखि नवप्रवर्तन, अनुसन्धान तथा प्रविधि विकासका क्षेत्रमा सक्रिय पुनलाई सरकारमा ल्याउने निर्णयलाई नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्द्धनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।




