सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका छोरीहरूको प्रतिनिधित्व रहने गरी गठन गरिएको कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा कालिकोटकी संगिता दमाई निर्वाचित भएकी छन् । कर्णाली छोरी सम्मेलन–२०८३ अन्तर्गत आयोजित प्रदेशस्तरीय भेलाले दमाईको नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा जुम्लाकी सुष्मा हमाल, सचिवमा दैलेखकी मुना शर्मा, सहसचिवमा रुकुम पश्चिमकी विजया पुन मगर र कोषाध्यक्षमा सुर्खेतकी गौमाया अधिकारी चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा सुर्खेतकी पद्मा राजी, हुम्लाकी ल्हामु तामाङ, जाजरकोटकी समीरा गौतम, डोल्पाकी कल्पना सार्की, मुगुकी सरस्वती बुढा र सल्यानकी डुनिका बस्नेत रहेका छन् ।

कर्णालीका छोरीहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणलाई लक्षित गर्दै आयोजित कर्णाली छोरी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको हो । सम्मेलनमा प्रदेशका १० वटै जिल्लाबाट सहभागी छोरीहरूले आफ्नो भोगाइ, चुनौती र सफलताका कथाहरू प्रस्तुत गरेका थिए ।

नवनिर्वाचित प्रदेश अध्यक्ष दमाईले कर्णालीका छोरीहरूको हक, अधिकार, शिक्षा, स्वास्थ्य र नेतृत्व विकासका सवाललाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले प्रदेशका सबै जिल्लाका छोरीहरूलाई सञ्जालमा आबद्ध गर्दै उनीहरूको आवाज नीतिगत तहसम्म पुर्‍याउन पहल गर्ने बताइन् । उनले अघिल्लो कार्यकालमा ६ सय ६९ जना छोरीहरु संजालमा आवद्द भइसकेको बताइन् ।

सोमबार, जेठ २५, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१