
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाबाट सिकार खेल्न गएका पाँच जना सम्पर्कविहीन भएका छन् । उनीहरूमध्ये एक जनाको मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास सुरु गरेको हो । बराहताल गाउँपालिका २ निवासी आसे महतराले दिएको जानकारीअनुसार उनका साला नाता पर्ने बराहताल २ कै वर्ष ३३ का टोपबहादुर खत्रीसहित उनीहरू फागुन २३ गते घरबाट करिब […]
काठमाण्डाै । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले शिलापत्रलाई जानकारी दिए । राष्ट्रपतिले मनोनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गरेर पठाउनुपर्ने हुन्छ । राष्ट्रियसभाको एक सिटका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच प्रतिस्पर्धा […]
सुर्खेत । बलात्कारपछि हत्या गरिएकी वीरेन्द्रनगर नगरपालिका १ की १६ वर्षीया इनिसा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले छोरीमाथि बलात्कारपछि हत्या गर्ने दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । परिवारले बलात्कारको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता […]
सुर्खेत । वीरेन्द्रनगरमा बस्दै आएकी १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको खुलेको छ । गुर्भाकोट नगरपालिका ६ बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर ४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । मृतकलाई सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी […]
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलहरूले ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी दिएका छन् । भारत विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) […]
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन र उच्छृङ्खल गतिविधिको छानबिन गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई फौजदारी कानुनअनुसार मुद्दा चलाउन सिफारिस गरेको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रतिवेदन बुझाउँदै खापुङले प्रदर्शन नियन्त्रणमा लेथल हतियार प्रयोग गरी अधिक बल प्रयोग गर्न आदेश दिएको र त्यसबाट प्रदर्शनकारीको ज्यान गएको भन्दै […]
सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार कर्णालीमा नेपाली कांग्रेस ५ सिट र नेपाली कम्युनिस्ट पार्टी नेकपा ले ४ सिट जितेका छन् । यस्तै, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १–१ क्षेत्रमा जित निकालेका छन् । कांग्रेसबाट सुर्खेत १ मा […]
काठमाण्डौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चार सिटमा वीजय हासिल गरेको छ । प्रत्यक्ष तर्फ १६५ सिट रहेको प्रतिनिधि सभाका लागि काठमाण्डौं क्षेत्र नं १ बाट रञ्जु न्यौपाने दर्शना, काठमाण्डौ ३ बाट राजुनाथ पाण्डे, काठमाडौं ६ मा शिशिर खनाल र काठमाण्डौ ८ बाट बिराजभक्त श्रेष्ठ विजयी भएका हुन् । १५ […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले […]
सुर्खेत । प्रतिनिधी सभा निर्वाचन २०८२ को नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अग्रस्थानमा देखिएको छ । हालसम्म मतगणना भएका निर्वाचन क्षेत्रको कुल मत अनुसार रास्वपा ४६ स्थानमा अगाडी छ भने त्यसलाई पछ्याउदै नेपाली काँग्रेश ५ स्थानमा अगाडी हुदैं दोसा्रेमा छ । त्यस्तै, ४ स्थान सहति नेकपा एमाले तेस्रो २ स्थान सहित नेपाल कम्यूनिष्ट पार्टी चौथो […]