पूर्वमन्त्री गोविन्दराज जोशीलाई ९ महिना कैद र ६९ लाख जरिवाना

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना हुने फैसला सर्वोच्च अदालतले गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उनलाई उक्त सजाय सुनाएको हो । इजलासले ताराराज पाण्डे र वासुदेव पन्तलाई भने सफाइ दिएको छ । दिनेशराज जोशीको भने […]

कमजोरी भेटिए प्रधानमन्त्री ओलीको पनि आलोचना गर्छौं : विश्वप्रकाश

काठमाडौं । सत्तारूढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कमजोरी भए प्रधानमन्त्री, मन्त्रीहरुबारे पनि संसद् र बाहिर पनि खरो अभिव्यक्ति दिने बताएका हुन् । महामन्त्री शर्माले कुरा कम र […]

बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री राणाको चासो

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिएकी छिन् । मन्त्री डा. राणाले राजदूत भण्डारीलाई टेलिफोन सम्पर्कगरी त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको अवस्थाका बारेमा जानकारी लिएकी हुन् । त्यसक्रममा उनले नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन र सुरक्षित […]

चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी १६ जनाको मृत्यु

काठमाण्डौं । दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ । सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन् । आगलागीमा परेका झण्डै ३० जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ । आगलागीपछि प्रान्तीय अधिकारीले आगलागीको कारण पत्ता लगाउने […]

शरीरलाई चाहिन्छ आराम, आराम नपुग्दा निम्तिन सक्छ यी समस्या

भनिन्छ, राम्रो स्वास्थ्यका लागि खाना र व्यायाम जत्तिकै आराम पनि आवश्यक हुन्छ । मान्छे अधिकांश समय क्रियाशील हुन्छ, कडा मेहनत गरिरहेको हुन्छ । यसरी क्रियाशील हुँदा प्रतिमिनेट हजारौंको संख्यामा कोषिकाहरु नष्ट हुन्छन् । दिनभरि काम गर्दा लाखौंको संख्यामा कोषिका नष्ट हुन्छ । कोषिका नष्ट हुनेसँगै थोरै मात्रामा निर्माण पनि हुन्छ तर धेरै ऊर्जा काममा खर्च […]

सरकार परिवर्तनले नागरिकमा आशा र भरोसा जगाएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनले नागरिकमा आशा र भरोसा जगाएको बताएका छन् । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले मङ्गलबार बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढङ्गले नेतृत्व गर्ने उनले बताए । देशको विकासका निम्ति, सुशासनका निम्ति र आमजनताका निम्ति […]

ट्रम्पमाथि गोली प्रहार, गोली हान्ने व्यक्ति र एक समर्थकको मृत्यु

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले विश्व तरंगित भएको छ । चुनावी र्यालीका क्रममा पेन्सिलभेनियाको बटलरमा ट्रम्पमाथि गोली प्रहार भएको थियो । मञ्चमा बोल्दै गर्दा गोली चलेको आवाज सुनियो । ट्रम्पले दाहिने कानमा हात राखेर निहुरे । अमेरिकी सेक्रेट सेवाका एजेन्टहरू तुरुन्तै ट्रम्पलाई कभर गर्न आइपुगे । एजेन्टहरूले ट्रम्पलाई उभिन […]

केपी ओली नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदै

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका […]

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो

सुर्खेत । पछिल्लो समय सुर्खेत जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुको संख्या बढेको छ । जनस्वास्थ्य सेवा कार्यालयको तथ्यांकले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बढेको देखाएको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सुर्खेतमा कुल २ हजार २ सय ७० जना महिला सुत्केरी भएका छन् । त्यसमध्ये ९७ जना महिला घरमा सुत्केरी भएका छन् […]

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जना पक्राउ

काठमाडौं । नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका १ घर भएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान छन् । उनीहरुलाई मानव बेचिबखिन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका १ मनोहरा(जडीबुटीमा गेष्ट हाउस सञ्चालन गर्दै आएका […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957