
सुुर्खेत । सुर्खेतमा अत्याधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालयहरु आइतबारदेखि बन्द हुने भएका छन् । गर्मी बढेको भन्दै नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले यही २० गते आइतबारदेखि एक हप्तासम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द […]
सुर्खेत । सुर्खेतमा रातानाङ्ग्लामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान करिव ३ः४५ बजेको समयमा सुर्खेतबाट कालिकोट जादै गरेको बोलेरो जीप सुर्खेत दैलेख सडक खण्ड अन्तर्गत वीरेन्द्रनगर १४ स्थित रातानाङलामा दुर्घटना भएको हो । भे १ च २५६० नम्बरको जीपमा सवार ६ जना मध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]
सुर्खेत । काठमाडौ बिश्वबिधालय र नेल्टा कर्णाली प्रदेश सुर्खेतको आयोजनामा शिक्षकलाई शिक्षा सम्बन्धि एक अन्तरकिर्या कार्यक्रम सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न भएको छ । उच्च माध्यमिक तह अध्यापन गराउने वीरेन्द्रनगरका विभिन्न बिद्यालयका अंग्रेजी र सामाजिक विषयका शिक्षकहरुकाे सहभागी थियाे । उक्त कार्यक्रममा शैक्षिक लेखन सम्बन्धि विषयमा काठमाडौ बिश्वबिधालयका प्राध्यापक कासी राज पाण्डेले सहजीकरण गरेका थिए । यस्तै, बिद्यालय […]
काठमाडौं । जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको आयोजना हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स अस्पतालको आयोजनामा वैशाख २२ र २३ गते सम्मेलन हुन लागेको हो । “सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य” नारासहित सम्मेलन गर्न लागेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए । मानसिक समस्याले विश्वमै […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले गरेको चैते दशैंको विदा दिन नसकिने भन्ने निर्णयको चौतर्फि आलोचना हुन थालेको छ । कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद्को चैत्र २९ २०८० को निर्णय अनुसार चैत्र सुक्ल अष्टमी चैते दशैं बैसाखमा परेको हुँदा प्रदेश भर सार्वजनिक विदा दिन नरहेको सुचना जारी गरेसंगै आलोचना बढ्न थालेको हो । प्रदेश सरकार आन्तरिक मामिला […]
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच केन्द्रमा भएको सहमति अनुसार भागबन्डा नमिल्दा नयाँ सरकार गठनमा सकस देखिएको छ । केन्द्रको सहमति विपरीत अडिएका मुख्यमन्त्री राजकुमार शर्माले प्याकेजमा सहमति चाहिन्छ भन्दा नयाँ सरकार गठनमा ढिलाइ भएको हो । बुधबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शर्माले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ […]
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिएसँगै नयाँ नेतृत्वका लागि आज दावी पेश गर्न लागिएको छ । प्रदेश प्रमुखको कार्यालयले दुई व दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने सदसस्यहरुले एक हप्ताभित्र दावी पेश गर्न समय दिएपछि आज पेश गर्न लागिएको हो । कार्यालयले यहीँ चैत्र २७ गते साँझ ५ः५० सम्म दावी […]
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । सम्बोधनका क्रममा उनले आफूले गरेका कामहरुको बारे चर्चा गरे । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरित विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्मा राजीनामा दिन बाध्य भएका हुन्। केन्द्रको निर्देशनप्रति असन्तुष्टिसमेत […]
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत नलिई राजीनामा दिने भएका छन् । केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा दिने लागेका हुन् । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले केन्द्रको निर्णय र अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिन लागेको […]
सुर्खेत । गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति भएपछि कर्णालीमा तरङ्ग पैदा भएको छ । केन्द्रमा भएको नेकपा एमाले र नेकपा माओबादी केन्द्रको गठबन्धनको निर्देशन अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन विपरित कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा अघि बढेका छन् । प्रचण्डले मंगलबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर […]