सुर्खेत । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको मुखैमा सुर्खेत बसपार्कबाट बाहिरिने सार्वनिक यातायातमा कडाइ गरिएको छ ।
यातायात व्ययसायीहरुले यात्रुलाई सास्ती दिएको जनगुनासो बढेपछि जिल्ला ट्राफिक कार्यालर्य सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतले निगरानी बढाउदै कडाई गरेको हो ।
लामो तथा छोटो दुरीका यात्रुहरुलाई तानातान गरी हैरानी गरेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५ जना यातायात कमएचारीलाई नियन्त्रणमा लिएको र सहज वातावरण बनाउज ट्राफिक प्रहरी र जिल्ला प्रहरीहरु बसपार्क क्षेत्रमा तैनाथ गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए ।
यसपहिला पनि पटक पटक जिल्ला प्रहरी कार्यालयले यात्रुलाई सास्ती नदिन भन्दै खवरदारी गरेको थियो ।
शुक्रबार, कार्तिक ०१, २०८२मा प्रकाशित गरिएको