काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन बनेको लिभरपुलले चेल्सीमाथि जित दर्ता गरेको छ ।

घरेलु मैदान एनफिल्डमा गएराति भएको लिगको अन्तिम खेलमा लिभरपुलले चेल्सीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा ३ गोल गरेको लिभरपुलले एक गोल खाएको थियो ।

२३ औं मिनेटमा नाबी केईटाले लिभरपुललाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले लिभरपुलको अग्रता दोब्बर पारे । लगातार आक्रामक खेल खेलेको लिभरपुलले ४३ औं मिनेटमा तेस्रो गोल गरेको थियो । जर्जिनियो विजनाल्डमले गोल गरेपछि घरेलुटोली ३-० ले अघि बढ्यो ।

पहिलो हाफको अतिरिक्त समयमा चेल्सीका ओलिभर जिरुले गोल गर्दै अन्तर ३-१ मा ल्याएका थिए । दोस्रो हाफमा लिभरपुलले २ गोल थप्दा १ गोल खाएको थियो । रोबर्टो फिर्मिन्होले ५५ औं मिनेटमा गोल गरेपछि लिभरपुल ४-१ ले अघि बढ्यो ।

तर, ६१ औं मिनेटमा टमी अब्राहमले गोल गरेपछि चेल्सीले अन्तर ४-२ मा ल्याएको थियो । ७३ औं मिनेटमा चेल्सीकै लागि क्रिस्टियन पुलिसिकले लागि गोल अन्तर ४-३ मा ल्याएका थिए ।

८४ औं मिनेटमा एलेक्स आक्सलेड चेम्बरलेनले गोल गरेपछि लिभरपुल ५-३ गोल अन्तरले विजयी भयो । च्याम्पियन लिभरपुलले ९६ अङ्क बनाएको छ ।

पराजित भएको चेल्सी भने ६३ अङ्कका साथ चौथो स्थानमा छ ।

बिहिबार, साउन ०८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४