काठमाण्डौं, जेठ ५ । कोभिड–१९ नयाँ भाइरस हो । यस भाइरसकाबारेमा धेरै कुरा पत्ता लाग्नै बाँकी छ । अध्ययनहरु भैरहेका छन् । अध्ययनबाट नयाँ नयाँ तथ्य पनि थाहा भैरहेको छ । संसारभर फैलिएको कोभिड–१९ चाँडो सर्ने र सबै ठाउँ तथा उमेर समुहका व्यक्तिलाई सङ्क्रमण गराउन सक्ने भाइरस हो । भाइरस सङ्क्रमण भएकामध्ये पाको उमेर तथा रोग प्रतिरोधी क्षमता कम भएकाहरुलाई धेरै असर गरेको देखिन्छ ।

नेपालमा भइरस र एण्टीबडी निर्माण

नेपालमा अहिलेसम्म कोरोना भाइरस कडा खालको देखिएको छैन । भाइरस फैलने क्रममा त्यसको अवस्था पनि फेरिने हुन्छ । अध्ययनकै क्रममा रहेको भए पनि अहिलेसम्म कडा खालको भाइरस भेटिएको हो । यस्तै सङ्क्रमण भएकाहरुमा विकास हुने एण्टीबडी वा रोग प्रतिरोधी क्षमता पनि कसैमा बन्ने र कसैमा नबन्ने देखिएको छ । किन यस्तो भैरहेको छ भन्ने कुरा अध्ययनकै क्रममा रहेकोले अध्ययनको निष्कर्षपछि मात्र यसबारे थप छलफल गर्न सकिन्छ ।

गर्भवती सुत्केरीको जोखिम

अहिलेसम्म गर्भवती तथा सुत्केरीमा कोरोना भाइरसको जोखिम बढी भएको भन्ने कुनै प्रमाण छैन । नेपालमा सुत्केरीको ज्यान गएको भए पनि यसैलाई आधार बनाएर सुत्केरी तथा गर्भवतीहरु अरुभन्दा धेरै जोखिममा छन् भन्न मिल्दैन । ठूलो तथ्याँकमा गरिएका अधययनले मात्र यस्तो निष्कर्ष निकाल्ने हो ।

संसारमा अहिलेसम्म यस्तो देखिएको छैन । गर्भवती तथा सुत्केरीहरु धेरै जोखिममा छन् भनेर देखाइएका डरका कारण त्यस्तो अवस्थाका महिलालाई मानसिक रुपमा असर पर्न सक्छ । उनीहरुमा आत्बवल थप्नुपर्छ । गर्भवती तथा सुत्केरी महिलामा रोग प्रतिरोधी क्षमता नासिने भन्ने कुरा पुष्टि भएको छैन ।

६० वर्षभन्दा माथिका बृद्धबृद्धा, क्यान्सर, मधुमेह, एचआइभी एड्स, उच्च रक्तचाप लगाएतका दीर्घरोगी, नियमितरुपमा विभिन्न औषधिहरु प्रयोग गरिरहेका मानिसलाई सङ्क्रमण भैसकेपछि धेरै जोखिम ल्याएको वा ज्यानै गएको भने विश्वको तथ्याँकबाट देखिएको छ ।

रोग प्रतिरोधी क्षमता

कोरोना मात्र हैन सबै रोगहरु रोग प्रतिरोधी क्षमता कमजोर हुनेहरुलाई लाग्ने हो । शरीरमा प्रतिरोधी क्षमता बलियो छ भने रोगहरुलाई हाम्रो शरीरको क्षमताले जितिदिन्छ र रोगले असर गर्न सक्दैन । कोरोना भाइरस शक्तिशाली नभएकोले धेरै मानिसको प्रतिरोधी क्षमताले भाइरसलाई जितेको कुरा संसारमा देखिएको छ । धेरै मान्छेहरुमा सामान्य लक्षण पनि नदेखिनु शरीरको प्रतिरोध क्षमताले जितेको हो ।

हामीले पनि आफ्नो शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुपर्छ । रोग प्रतिरोधी क्षमता बढाउन सन्तुलित भोजन गर्ने वा पोषणयुक्त खाना खानुपर्छ । यसको लागि छुट्टै कुरा खानुपर्छ भन्ने छैन हामीले खाइरहेका खानेकुराहरु नै खाने हो । यसलाई मिलाएर खानुपर्छ ।

जे(जे कुरामा पोषण तत्व बढी पाईन्छ भनेर हामीले बुझेका छौं वा प्रयोग गरिरहेका छौं, प्रतिरोधी क्षमता बढाउने खानेकुराहरु तिनै हुन् । प्रशस्त तातोपानी तथा झोलपदार्थ खानुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । रमाइलो गर्नुपर्छ ।

चिन्ता हटाऔं नडराऔं

शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन शरीर स्वस्थ हुनुको साथै मन पनि शान्त हुनुपर्छ । खुशी रहने हो भने धेरै रोगबाट बच्न सकिन्छ । अहिले धेरै मानिस आत्तिरहेका छन् । तर यो रोगबाट धेरै आत्तिनुपर्दैन । कोरोना सङ्क्रमण भएकामध्ये धेरै मान्छेमा सामान्य लक्षण समेत देखिंदैन ।

बिरामी भएकाहरु पनि सामान्य लक्षणबाटै निको भएका छन् । मृत्युदर निकै थोरै छ । यसैले आत्तिनु हुँदैन । डरायो भने भाइरस सङ्क्रमण नै नभइकन पनि कोरोना सङ्क्रमणमा देखिने लक्षणहरु देखिन सक्छन् । डरकै कारण श्वास बढ्ने, घ्यारघ्यार हुने, शरीरमा तापक्रम बढ्ने जस्ता लक्षण देखिएको पनि पाइएको छ । यसैले सबैभन्दा महत्वपूर्ण कुरा डर हटाउनुपर्छ ।

कोरोना सङ्क्रमितको संख्या यति पुग्यो, संसारमा यति मान्छे मरे, यति आर्थिक नोक्सानी भयो, अब अर्थतन्त्र डामाडोल हुन्छ जस्ता डर देखाउने खबरहरुबाट टाढै रहनुपर्छ । महामारीसँगै विभिन्न झुटा खबरहरुको पनि बाढी लाग्ने गरेको छ । यस्ता खबरहरु पढ्नु तथा हेर्नु हुँदैन ।

आधिकारिक तथा विश्वासिला संचारमाध्ययमका खबरहरु हेर्ने, नबहकिने, म समस्यासँग लड्न सक्छु भनेर आत्मविश्वास लिनुपर्छ । नडराइकन लडेमा हामीले कोरोनासँगको युद्ध जित्न सक्छौं । तर सचेत भने हुनुपर्छ ।

सरकारले लकडाउनसँगै ल्याएका नियमहरु पालना गर्नुपर्छ, नियमित साबुनपानीले राम्रोसँग हात धुनुपर्छ, घरबाहिर जाँदा मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने जस्ता सावधानीहरु अपनाउनुपर्छ । तर डराउन भने हुँदैन ।

(डा. श्रबणकुमार मिश्रसँग unn.com.np का भोजेन्द्र बस्नेतले गरेको कुराकानीमा आधारित)

सोमबार, जेठ ०५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
विदेश : खगेन्द्र राना मगर र केवि गोतामे
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७